१२ बैशाख २०८१, बुधबार

माया धोका होइन हो त दु:ख सुखको साथी


माया
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मायामा सेक्स हुनुपर्छ भन्ने छैन । माया चोखो हुनुपर्छ । जहाँ स्वार्थ छ त्यहाँ माया सफल नहुने देखिन्छ । आज लभ मेरिज गरेर डिभोर्ष गरेका थुप्रै घटना हामीले सुन्न पाउछौं । मेरो मतलब सबैमा यस्तो हुनसक्छ भन्ने छैन ।

जीवनमा अरेन्ज मेरिज पनि सफल नभएको भन्न सकिदैन । विवाह पूर्व केटा र केटीको पूर्व लभ भएको कुरा थाहा हुनाले पनि कहिलेकाही परिवारमा दरार पैदा भएका घटना यदाकदा सुन्न सकिन्छ । मैले बुझे अनुसार एकलाई अर्काले राम्रोसंग बुझेर जीवन साथी चुन्न सकेमा यो सफल हुने कुरामा दुईमत छैन ।

मायाको पछि स्वार्थ बढी हुनसक्छ भन्नेहरुको तादात कम नभएको पनि होइन । प्रेम सफल हुनेमा धन पैसाको पनि ठूलो हात रहेछ भन्ने कुरा नकार्न सकिदैन । जीवन धान्नको लागी माया पछि पैसाको पनि ठूलो हात रहेको हुन्छ । हरेक केटीको दिमागमा एउटा कुराले स्थान लिएको हुन्छ त्यो हो धनसम्पत्ति । यदि केटा सम्पन्न छ भने त्यहाँ माया सफल भएको देखिन्छ ।

लभ गरेर विवाह गरे तर पछि धन पैसाको अभावको कारणले गर्दा सुखमा दुखले स्थान लिएपछि घरमा अशान्ति हुन थाल्यो यसरी डिभोर्स गर्नुपर्ने अवस्था आइपुग्यो । तर यहाँ सुख र दु:ख भनेको जीवनमा भइ नै रहेको हुन्छ । माया गरेर दु:खमा छोड्ने र सुख पर्दा मेरो भन्ने दुवै गलत छ ।

विवाह पूर्व के भयो के भएन भन्नु भन्दा अब गलत नहोस् भन्नेमा दुवै लागेर एकले अर्कालाई समर्पित गर्न सकेमा पनि मायाले नयाँ मोड लिन सक्ने देखिन्छ । केटा र केटीको जीवनमा एउटा जीवन साथी सहि भए यो भन्दा ठूलो उपलब्धि अरू केही नहुने देखिन्छ ।

हरेक केटीले आफ्नो पार्टनर सहि होस् भन्ने रहेको हुन्छ । केटाले पनि केटी साथीको जीवनमा कुनै दुख नहोस् भन्ने कुरामा ध्यान दिन सक्नुपर्छ । केटाले फिजुल खर्च गर्ने जाड रक्सी खाने जस्ता काम गर्छ भनेपनि दाम्पत्य जीवन सफल नहुन सक्छ । यस्ता विषयमा दुवैले खुलेर सहयोग गर्न सकेमा जीवन सफल नहोला भन्न सकिदैन ।

त्यसैले मायालाई तराजुमा जोख्दा दुबै पल्डा बराबर हुनुपर्छ । मायामा धोका दिने हो भने माया नै नगरौं भन्ने मेरो राय छ । आज मायालाई खेलौना सम्झने काम गर्नु भयो भने दाम्पत्य जीवन सफल नहुने निश्चित छ । अरूको श्रीमती छोरी श्रीमान केटालाई राम्रो देख्ने आफ्नोलाई नदेख्ने परिपाटी दुबैले त्याग्नु पर्छ ।

यो पनि पढनुहोस्

मायामा धोका पाएर तनावमा हुनुहुन्छ भने यस्ता टिप्स प्रयोग गर्नुहोस्

यसरी थाहा पाउनुहोस्, आफ्नी प्रेमिकाको माया साँचो कि झुठो

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !