१२ बैशाख २०८१, बुधबार

यस्ता छन् सम्बन्धमा हुँदा गर्न नहुने गल्तीहरु


एजेन्सी, सम्बन्धमा हुँदा गर्न नहुने गल्तीहरु यस्ता छन् ।
झै–झगडा
झैँ-झगडा हरेक मानिसको सम्बन्धमा हुने गर्छ तर त्यसलाई सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ ।
महंगो उपहार
सम्बन्धमा हुँदा आफ्नो पार्टनरले दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।
व्यक्तिगत फोटो
सम्बन्धमा हुँदा आफ्नो पार्टनरसँगको व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् ।
घुम्न जाने ठाउँको जानकारी
सम्बन्धमा हुँदा छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् ।
ब्रेकअप
सम्बन्धमा हुँदा पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !