८ बैशाख २०८१, शनिबार

मान्छे किन गरीब हुन्छ ?


गिट्टी कुटेर

मान्छे किन गरीब हुन्छ ? यो सवैभन्दा पेचिलो प्रश्न हो । हामीले आफुलाई सम्मपन्न बनाउन मेहनत र बचतमा ध्यान दिन आवश्यक छ । हाम्रो मनमा एउटा कुरा हमेसा याद गरेको हुनुपर्छ । उ धनी भयो तर म किन धनी हुन सकिन भन्ने भाव हरेकमा हुन आवश्यक छ ।

विश्वका कतिपय गरिब आज अरबपति छन् । यसको रहस्य भनेको मेहनत खर्च कम र बचत प्रमुख रहेको छ । केहि बन्न र गर्न सक्ने खुबी आफुमा हुन सक्नुपर्छ । मैले देखेका केहि व्यक्तिहरु जसको आम्दानीको स्रोत घडेरी बिक्री वितरण गर्ने काममा लागेर करोडौं रुपैया कमाएका छन् ।

केहिले घडेरी बिक्रि नभई सानो व्यापारबाटै करोडपति भएका पनि छन् । तर कमजोर मान्छेले यो सवै गर्न सक्छ भन्ने छैन । नगर्न सक्छ पनि भन्न सकिदैन । जसमा हिम्मत र खुबी हुनुपर्छ । पढेको मान्छे पनि धनी हुन सक्छ भन्ने भावना कतिपयमा जाग्न सक्ला यो गलत हो ।

म धनी बन्नुपर्छ भन्ने सोचलाई बलियो बनायर अघि बढ्न सकेमा पनि मान्छे गरीबबाट अमिर बन्न सक्छ । म आफ्नो व्यक्तिगत जीवनमा एकपटक एकजना साथीको कारमा जड्ने मौका मिल्यो र चढेपछि मलाई पनि यस्तै कार आफ्नै किनेर चढ्न पाए हुनेथियो भन्ने सोच पलायो यसले मलाई मेहनत गर्न हौसला प्रदान गर्यो ।

सानो सानो बचत गर्ने बानीले गर्दा म कार चढ्न सफल भए यो सवै मेहनतको परिणाम थियो । एउटा लेबरले दिनभरी मेहनत गर्छ कम्तीमा २००० देखि २५०० सम्म कमाउछ तर साझ उ होटलमा पस्छ सवै पैसा होटलमा स्वाहा गरेर आउछ उसको दैनिक यसरी नै वितेको हुन्छ उसले जतिसुकै मेहनत गरेपनि उ अमिर बन्न सक्ने छैन ।

अमिर बन्न बचत आवश्यक छ । आज देश किन पछि पर्दैछ यसको ठोस कारण हो : अनुउत्पादन क्षेत्रमा लाग्नु उत्पादन क्षेत्रमा ध्यान दिन नसक्नु । धर्म संस्कृति मास्नमा लाग्नु जस्ता पश्चिमा देशहरुको डिजाइनमा ढाल्न खोज्दा देश असफलतातर्फ उनमुख भएको देखिन्छ । नेपाललाई सफल देख्न नचाहनेको डिजाइनमा चल्नु भनेकै आफुलाई स्वार्थमा ढाल्न खोज्नु हो । यसले नेपालीको भलो पनि हुदैन देशको स्तरमा सुधार पनि हुन सक्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !