८ बैशाख २०८१, शनिबार

जसको कोही हुदैन उसको साथमा हुन्छन् भगवान् शिव


भगवान् शिव

एकादेशमा एउटा गरिब परिवार रहेछ । त्यो परिवारमा एउटा बालक र दुई जना बुढाबुढी रहेछन् । दुबै बुढाबुढीले सानो ठेलामा व्यापार गर्दा रहेछन् । एकदिन दुवै विरामी हुनाले व्यापार गर्न असमर्थ भएछन् । गरिबीले गर्दा व्यापार नगरे खान नपुग्ने हुनाले त्यो व्यापार धान्न बच्चालाई भने छन् ।

भोलीपल्ट बालकले व्यापार खोलेर फलफूल बेच्दै रहेछ । त्यत्तिकै म एकजना अल्को पातलो मान्छे त्यहाँ आइपुगेछ । बालक म दुई दिनदेखि केहि खाएको छैन भनेछ त्यो सुनेपछि बालकले खान फलफूल दिएछ ।

बालकले फलफूल खान दिएको फलफूल खाइसकेपछि बालक म बेरोजगार छु मलाई काम देउ भनेपछि त्यो लम्बुलाई काममा राखेछ । व्यापार राम्रो हुदै गएछ । यता त्यो बजारमा केहि गुण्डाहरूले हप्ता असुल्ने गर्दा रहेछन् । यो सिलसिला धेरै पहिलेदेखि रहेछ ।

अर्को दिन लम्बु र बालक भएर ब्यापार गर्दा ती डाकाहरू आएर पैसा मागेछन् । यो कुरा ती लम्बुलाई चित्त बुझेनछ । तिमीहरू गरिबलाई सताउने रहेछौं आज देखि यो बन्द गर भनेपछि ती गुण्डाले त को होस् हामीलाई यस्तो भन्ने भनेपछि म पनि तिमीहरू भन्दा ठूलो डन हु मलाई सपनामा भगवान् शिवले बोलाएर सहयोग गर भनेपछि यहाँ बालकको सहयोग गर्न आएको छु ।

यति भन्दा पनि ती गुण्डालाई विश्वास भएनछ । उसले फोन गरेर आफ्ना साथीहरूलाई बोलाएछ । साथीहरू आएको देखेपछि अब देखि हप्ता नलिने सर्तमा छोडी दिएछ । यता ती बालकलाई ठूलो राहत भएछ । यसरी गुण्डाको डनको मनमा पनि भगवान् शिवले बालकको सहयोग गर भनेर डनलाई पठाइ दिएका थिए ।

डनलाई पठाउनुको खास उद्धेश्य ती डाकाहरूलाई त्यो बजारबाट हटाउन रहेछ । यसरी भगवान् शिबले त्यो परिवारको उद्धार गर्नुभएछ । यस्ता घटना हामीले कहि कतै सुन्ने गरेका हुन्छौं । गुण्डाको मनलाई पगालेर सहयोग गर्न सक्ने ती शिव नै जगतका हर्ता-कर्ता पालनकर्ता थिए । जन्मपछि कोही भोको हुदैन कहि न कहि खान केहि न केहि जोगाई भएको हुन्छ ।

यसरी केहि दिनमा ती बुढाबुढी निको भएपछि ती लम्बु त्यहाँ देखि हिडेछन् । हरेक मान्छे जो दयालु छ जसले अरूको भावनाको कदर गरेको हुन्छ । त्यस्लाई भगवान शिबको दिव्य दृष्टि पुगेको हुन्छ । श्रद्धाभावले पुजा आजा गर्छौं भने हामीलाई कुनै न कुनै रूपमा सहयोग हुने गरेको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !