, गरीव हुनुहुन्छ पटक्कै नआत्तिनुहोस्, धैर्य हुनुहोस्

गरीव हुनुहुन्छ पटक्कै नआत्तिनुहोस्, धैर्य हुनुहोस्

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

गरीव समस्या होइन समस्या हो काम गर्ने तरिकाको बचतको । हामीले मेहनत त गर्छौं तर सपना साकार नहुने देखेर हिनता बोध गर्छौं । संसारमा हामीले एउटा गरीव करोडपति भन्ने जस्ता खबर सुन्न सक्छौं यो सवै बचतको परिणाम र मेहनतको प्रतिफल हो ।

एकजना गरीवको छोरा पढ्न चाहना गरेको हुन्छ तर आर्थिक कारणले उ स्कुलमा पढ्न सक्दैन तर घरमा काम गर्दै पढ्दै गरेको हुन्छ । उसका साथीहरूले उसलाई भन्ने गरेका हुन्छन् कि तेरो पढाइको कुनै अर्थ छैन । जेनतेन उ काम गर्दै पढ्दै गर्छ ।

गारो काम छोडेर उ पत्रिका बेच्दै पढ्न थाल्छ त्यतिले पनि नपुगेर उ जस्तोसुकै काम गर्न पनि पछि पर्दैन । मेहनत र पढाइ सगै गर्दै उ अघि बढेको हुन्छ । यो देखेर इर्स्या गर्नेहरुले उसको बाटो छेक्दछन् तर पनि उ अघि बढ्दै जान थाल्दछ ।

पछि उसले सानो व्यापार गर्न थाल्दछ । त्यो व्यापारबाट प्राप्त रकमबाट उ स्कुल पढ्ने समय निकाल्दै अघि बढ्छ । कक्षामा उ एक नम्बरमा पास हुन्छ । पढ्दा पढ्दै उसले राम्रो शिक्षा हासिल गरेर सरकारी नोकरीको लागि आवेदन दिन्छ उ छनोटमा पर्छ ।

पछि उसले समाजमा कुनै पनि काम गर्दा हतास हुनुहुदैन परिश्रमको फल हमेसा मिठो हुन्छ । उन्नतिपछि फर्केर होइन अघि बढ्दै गएमा मात्र सफल हुने कुरामा उसले सबैलाई भनेको हुन्छ । उ आज सिडिओ भएर फर्केको छ ।

हिजो गरीव भनेर घृणा गर्नेहरूले पनि शिक्षामा गरेको मेहनतको फल यस्तो हुने रहेछ भनेर आज प्रसन्नता गरेको सुन्दा उसले त्यो क्षण सम्झन्छ । यदि उसले आत्तिएर पढाईलाई विचना छोडेको भए शायद यो स्थानमा पुग्ने थिएन ।

एउटा गरीवले दैनिक ७०० देखि १००० सम्म कमाउछ तर त्यो पैसा रक्सीमा उडाउछ । यदि ५०० रूपैया मात्र बचत गर्छ भने महिनामा १५००० हजार भयो भने १२ महिनामा १८० हजार जम्मा हुन थाल्दछ । यसरी जम्मा भएको रकमले सानो सजिलो व्यापार गर्न सक्छ । यसरी नै ठूलो सपना साकार हुन थाल्दछ ।

आज देशमा भएका उद्योग समाप्त पारिएका छन् यदि ति उद्योग संचालनमा ल्याउन सकेको भए आर्थिक स्तरमा सुधार हुदै बेरोजगारको अन्त्य हुने थियो । फजुल खर्चले कसैलाई हित गर्दैन । देश धनी भए नागरिक धनी हुन थाल्दछन् यसरी नै विकासको गति बढ्दै जान थाल्ने थियो तर आज अरूको देखासिकी गर्दै जाँदा हात थाप्नुपर्ने अवस्थामा आइपुगेका हुन्छन् यसैलाई भन्दछन् कमजोर सोच र शिक्षाको कमी ।

हामीसंग सवैथोक छ तर एकता छैन् । विकासमा हातेमालो गर्ने तरिका थाहा छैन् । छत उसले गर्ने गरेका हरेक काममा अबरोध । विकासमा राजनीति होइन एजेण्डाको र काम गर्ने लगनको खाँचो हुन्छ । सानो बचतले गरिब रोडपतिबाट करोडपति बन्न सक्छ भने देश किन बन्न सक्दैन ।

यहाँ देश बनाउन नभई स्वार्थपूर्ति गर्न राजनीतिमा कुद्ने मान्छेको कमी छैन् । एउटा चुनाव लड्दा १ करोड खर्च गरेर उ चुनाब लडेको हुन्छ भने भोट दिने पनि दोषी छन् । दानको अर्थ ब्यापार गर्न भोट दिएको होइन यो त देशको विकास गर्न दिएको हुनुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार, नेपालपत्रको सल्लाहकार तथा स्तम्भकार हुनुहुन्छ ।