७ बैशाख २०८१, शुक्रबार

उचित परामर्श दिनु नै विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्नु हो : प्रबन्ध निर्देशक थापा


ड्रीम अन एजुकेशनल कन्सल्टेन्सी उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने संस्था हो । यस कन्सल्टेन्सीले  २०१५ मा स्थापना भई स्थापनाकालदेखि अहिलेसम्म सयौं विद्यार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न युरोपियन मुलुकहरुमा विद्यार्थीहरु पठाउदै आइरहेको छ । यसै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भिमबहादुर थापासँग यस कन्सल्टेन्सीले यहि भदौ १६ गते शनिवार आयोजना गर्न लागेको मेलाको बिषयमा केन्द्रित भएर नेपालपत्रका संवाददाता अनुसा नेपालले गरेको कुराकानी :

१. शुरुमा  सरले ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको पृष्ठभूमिको बारेमा बताई दिनुहोस

Dream On Educational Consultancy  २०१५ मा दर्ता भई शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्था हो ।

२. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीले  बिशेष गरेर कुनकुन देशमा विद्यार्थीहरु पठाई रहेको ?

ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीले स्थापनाकालदेखि अहिलेसम्म सयौं विद्यार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न युरोपियन मुलुकहरुमा विद्यार्थीहरु पठाउदै आइरहेको छ ।

३. शैक्षिक मेला २०१८ आयोजना गर्दै हुनुहुन्छ । मेलाको मुख्य उदेश्य के हो ?

यहि भदौ १६ गते ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीले होटेल सांग्रिलामा शैक्षिक मेला आयोजना गर्दैछ मेलाको मुख्य आकर्षण भने अस्ट्रेलियाका विभिन्न कलेज लगायत नेपालका मुख्य बैंक, इन्सुरेन्स कम्पनीहरु र परामर्शदाता संस्थाहरुलाई एकै ठाउँमा उपस्थित गराएर उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई एकै स्थानबाट उहाँहरु अध्ययन गर्न जाँदा आवश्यक पर्ने जानकारी सत्य, तथ्य एवं प्रभावकारी ढङ्गबाट प्रदान गर्ने मेलाको मुख्य उदेश्य हो

४. यस्तो मेला पहिला पनि आयोजना गर्नुभएको थियो ?

हामीले आफै आयोजना गर्नुभन्दा पनि बिभिन्न मेलाहरुमा सहभागी भइ विद्यार्थीहरु र अभिभावकहरु लाई उच्च शिक्षा अध्यन गर्न बिदेश जाने सम्बन्धमा परामर्श सेवा प्रदान गर्दै आइरहेका थियौं भने आफैंले चाहिँ पहिलो पल्ट आयोजना गर्दैछौं

५. यस्ता मेला कतिको प्रभावकारी हुन्छ ?

उच्च शिक्षा हासिल गर्न विदेश जना चाहने विद्यार्थीहरुलाई र अभिभावकलाई बिदेशी कलेज र युनिभर्सिटीसंग साक्षत्कार गर्ने, उहाँहरुलाई उच्च शिक्षा हासिल गर्न बिदेश जाँदाखेरी प्राप्त हुने अवसर र अवसरसंगै आउने चुनौतीहरुबारे जानकारी गराउंदै विद्यार्थीहरु र अभिभावकको जिज्ञासा र कौतुहलता मेट्न मेला निकै प्रभावकारी हुन्छ

६. यस कन्सल्टेन्सीको मुख्य प्राथमिकताहरू केके हुन् ?

यस कन्सल्टेन्सीको मुख्य प्राथमिकता भनेको उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई उचित परामर्श गरी बिदेशी विश्वबिद्यालय र विद्यार्थीबीच सहजकर्ताको भूमिका निर्वाह गर्दै सर्वसुलभ र सहज वातावरणमा विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि विदेश पठाउनु हो

दोस्रो नम्बरमा विद्यार्थीहरुलाई विदेश पढ्न जाँदा आइपर्ने चुनौतीहरुलाई काम गर्न मद्धत गर्दै बढीभन्दा बढी अवसर सिर्जना गर्न मार्ग-निर्देशन गर्दै उहाँहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्नु हो

७. अरु कन्सल्टेन्सी भन्दा ड्रीम अन एजुकेशनल कन्सल्टेन्सी किन पृथक छ ?

शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त र इक्यानको सदस्य संस्था ड्रीम अन कन्सल्टेन्सी कुसल नेतृत्व, टिम वोर्क र संख्याभन्दा गुणस्तरमा जोड दिने भएकाले हामी अरुभन्दा पृथक छौ

८. कुन तहको विद्यार्थीहरूको लागि लक्षित गरिएको छ ?

उच्च शिक्षा अध्यन गर्न चाहनेले +२ र ब्याचलर दिएर बस्नुभएको विद्यार्थीहरूलाई यस मेलामा लक्षित गरिएको छ

९. तपाईको भावी योजनाहरु के के छन् ?

विभिन्न जिल्लामा शाखा विस्तार गर्दै विद्यार्थीहरूलाई उहाँहरुकै घर-दैलोमा सेवा दिन चाहन्छौ विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न जाँदा आवश्यक पर्ने जानकारीको लागि थप मेला एवं सेमिनारहरु गर्दै जानेछौं

 १०. अन्त्यमानेपालपत्र मार्फत विद्यार्थीहरूलाई के सन्देश  दिन चाहनुहुन्छ ?

नेपालपत्र मार्फत सम्पूर्ण विद्यार्थी एवम् अभिभावकहरुलाई यहि भाद्र १६ गते हुन लागेको Dream On Educational Fair-2018 मा सहभागी भइ उच्च शिक्षा हासिल गर्न बिदेश जाँदा आवश्यक पर्ने जानकारी लिनुहुन हार्दिक अनुरोध गर्दछौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !