७ बैशाख २०८१, शुक्रबार

आम दर्शक स्रोता भनेको भगवान हो : गायक सुमन सरगम


suman sargam

सुमन सरगम नेपाली संगीत आकाशमा एउटा चम्किलो ताराको रूपमा वर्तमानमा उदाउनु भएको छ । खोटाङ जिल्लामा जन्मनुभएका गायक सुमन सरगम सानैदेखि संगीत क्षेत्रमा लागेका प्रतिभाशाली गायक हुन् । खोजी प्रतिभा सन् २०१० को सोमा टप थ्रीसम्म आउन सफल हुनु भएका गायक सरगम पछिल्लो समयमा निकैनै लोकप्रिय गायकको रुपमा चिनिनुहुन्छ ।
सांगीतिक क्षेत्रमा सन् २०१० वाट लागेका गायक सुमन सरगमले सरगम र सरगम भाग दुई, सिप्पोरा गरी ३ वटा एल्वम निकाली सक्नु भएको छ । दर्जन भन्दा बढी गीतहरु गाई सक्नु भएका चर्चित गायक सुमन सरगमको सांगतिक जीवनको सम्बन्धमा केन्द्रित रहेर नेपालपत्रका संवाददाता राम मगरले गरेको कुराकानी ।

१. पछिल्लो समयमा तपाई निकै लोकप्रिय गायकको रुपमा चिनिनुहुन्छ र युवा पुस्ताहरुको मनमुटुमा बस्न सफल हुँदा कस्तो महसुस गर्नु भएको छ ?

एकदमै सिकाईको अन्त्य हुदैन र मैले सिकिरहेको र साधना निरन्तर गरिरहेको छु । कसरी नयाँ-नयाँ गीत-संगीतहरु दिने र कसरी फरक ढंगले गीतहरु स्रोतालाई दिने भनेर मैले सिकिरहेको र कम्पोजहरु गरिरहेको छु, गीतहरु गाईरहेको छु । जति मेरो दर्शक स्रोताहरुले मलाई चिन्नुहुन्छ र उहाँहरुले सबैले माया गर्नुहुन्छ । दर्शक स्रोता भनेको भगवान हो । उहाँहरुको साथ, सहयोग बिना एउटा कलाकार अगाडी बढ्न नै सकिदैन । त्यसैले गर्दा म जहाँ छु, जे छु, जे गरिराछु, एकदमै खुसी छु र मैले गर्न बाँकी अझै धेरै छ ।

२. खोजी प्रतिभा २०१० को सोमा टप ३ सम्म आउन सफल हुनुभयो । त्यो वेला तपाईले कस्तो महसुस गर्नु भएको थियो ?

एकदमै धेरै मेहनत गरियो । नेपाल टेलिभिजनको रियालिटी सो खोजी प्रतिभाको सिजन वानमा टप थ्रीसम्म हुन सफल भए र मैले धरानवाट अडिसन दिएको थिए । त्यहाँ निर्णायक आदरणीय दाई राजेशपाल राई, आदरणीय सर सुरेश अधिकारीज्यु हुनुन्थ्यो । उहाँहरुले ममा भएको कमी-कमजोरीहरु के-के सुधार्नु छ भनेर मलाई एकदमै सहयोग गर्नु भयो । टप थ्रीसम्म भएपछि मैले पहिलो गीत म कुनै हतारमा छैन भन्ने रेकर्डिङ गरे र जुन गीत अत्याधिक मन पराइदिनु भयो । दर्शक स्रोतहरुले र मेरो पहिलो गीतले नै मलाई एउटा गायकको रुपमा स्थापित बनायो । जुन गीत अत्यधिक रुपमा मनपराई दिनुभयो । मलाई लाग्छ, खोजी प्रतिभा सिजन वानको अडिसनमा सहभागी नभएको थिए भने म त्यो गीत गाउनवाट बन्चित हुनेथिए कि ? त्यसैले गर्दा म एकदमै धेरै खुसी छु ।

३. तपाईलाई त्यो सफलतापछि सांगीतिक क्षेत्रमा अझै अगाडि बढ्छु भन्ने सोच थियो वा थिएन ?

म टप थ्रीसम्म भएपछि अब कसरी मैले गाउने होला । मलाई कसले अवसर दिने होला भनेर म एकदमै भौतारी रहेको थिए । आदरणीय गीतकार दाई बिश्वकाजीज्यु राईसंग फेसबुकमा साथी भई सकेपछि हाम्रो कुरा भयो । एउटा गीत रेकर्डिङ गरुम भनेर उहाले भन्नुभयो । अनि उहाँले शब्द पठाउनु भयो र सुरेश अधिकारी सरले संगीत दिनु भयो । जुन गीत उहाँले मलाई अवसर दिनुभयो । उहाँको एल्वममा काम गर्ने जुन गीत राम्रो पनि भयो । तिम्रो कसम तिमीलाई नै भन्ने गीत पनि मैले गाउने अवसर पाए र जसमा कम्पोज मेरै छ । गीतकार बिश्वकाजी राईज्यु हुनुन्छ । उहाँ बेलायत बस्नु हुन्छ र एउटा प्रतिभालाई अबसरको ठुली खाँचो हुन्छ । मैले खोजी प्रतिभाको कार्यक्रम पछाडी म कुनै हतारमा छैन भन्ने गीत गाउनु नै मेरो ठुलो अवसर हो भन्न चाहान्छु ।

४. यहाँको बाल्यकाल र सांगीतिक यात्रा कस्तो रह्यो ?

मेरो बाल्यकाल म घरमा एउटा छोरा भएको कारणले गर्दा र मेरो बाबा हुनुहुन्न । ६ महिनाको छोडेर विदेश जानु भएको रे अहिलेसम्म मैले बाबालाई देखेको छैन । मेरो आमा र म मात्र परिवारमा थियौ । एकदमै संघर्षहरु त गरियो । अहिले पनि गरिराछु । मेरो बाल्यकालमा अलिक एक्लो पनको महसुस भयो ।

६. तपाईको सांगीतिक क्षेत्रमा अगाडि बढिरहदा सम्झनालायक पल कुनै छ कि ?

मेरो सांगीतिक यात्रा मैले खोजी प्रतिभावाट नै शुरु गरेको हो । जुन कार्यक्रममा सहभागी भएको थिएन भने आज म यो स्थानसम्म आउदिन थिएकी भन्ने कुराहरु हो । म काठमाण्डौ गीत-संगीत कै काम गर्छु भनेर आएको हु । मेरो सम्झनालायक पल भनेको खोजी प्रतिभाको अडिसन झन्डै दिएको थिएन टाढा छ खोटाङ्वाट धरान जानुपर्छ भनेर र त्यो नदेको थियो भने आज म यो ठाउँसम्म पुग्दिन थिएकी जस्तो लाग्छ ।

७. तपाईको अनुभवमा नेपाली सांगीतिक क्षेत्रमा सफलता पाउन कतिको सहज छ ?

यस्तो छ, अब समय, भाग्य र राम्रो गीत पाउनु पर्यो सबै कुरा मिल्नु पर्यो र कस्तो भने ज्ञान सिकिरहेको छु । संगीत क्षेत्रमा लागिरहेको छु । राम्रो भइराछ र यहाँ धेरै मिहिनेत धेरै गर्नुपर्छ धेरै खट्नुपर्छ जस्तो लाग्छ मलाई ।

८. तपाई सांगीतिक क्षेत्रमा लाग्नु भएको कति वर्ष पुग्यो ? अहिलेसम्म कतिवटा गीत र एल्वम निकाली सक्नुभएको छ ?

म सांगीतिक क्षेत्रमा सन् २०१० वाट नै लागेको हु र मैले सरगम र सरगम भाग दुई, सिप्पौरा गरी ३ वटा एल्वममा मैले काम गरिसकेको छु । मैले दर्जन भन्दा बढी गीतहरु गाएको छु । अहिले गीतकार एलिसा सुच्चा राईज्यु उहाँ बेलायत बस्नुहुन्छ । उहाँको पहिलो एल्वम सिप्पौराको हामीले काम सकिउ र अत्यधिक राम्रो भयो । त्यो एल्वमको गीतहरु त्यतिकै मनपराई दुनु भयो र चाडै हामीले Youtube मा पनि लगाउने छौ र त्यहाँ प्रश्चात अहिले मैले गीतकार एलिसा सुच्चा राईज्युको परिधि एल्वमको कामहरु गरिरहेको छु ।

९. अहिलेसम्म संगीत क्षेत्रमा निरन्तर लागि रहदा कतिको सन्तुष्टि प्राप्त गर्नुभएको छ ?

एकदमै मेरो दर्शक, स्रोताहरुको माया, साथ सहयोग नै मेरो लागि सबै भन्दा ठुलो कुरा हो । त्यसैले मलाई संगीत क्षेत्रमा लागेर कुनै पनि त्यस्तो पछुतो छैन । मलाई संगीत क्षेत्रले नै धेरै कुरा दिएको छु । म जहाँ छु जे गरिराछु म संगीतकै कारणले म यहाँ छु ।

१०. तपाईको भावी सांगतिक योजनाको बारेमा बताई दिनुहोस् न ?

मैले अहिले एल्वम परिधिको काम गरिराछु । म गीतसंगीत छोडेर काहीं पनि जादिन र गीतकार एलिसा सुच्चा राईज्युसँगको सहकार्यमा एल्वम परिधिको काम गरिराछु । हाम्रो पहिलो गीत रेकर्डिङ भयो र अर्को गीत पनि बन्दैछ । अहिले म एल्वम परिधिको काममा व्यस्त छु । मेरो आगामी दिनहरु भनेको मैले कसरी राम्रो गर्ने र कसरी राम्रो गीतसंगीतहरु दिने फरक खालको भनेर नै मैले खोजी गरिरहेको छु ।

११. अन्त्यमा, नेपालपत्रवाट आम पाठकहरु र तपाईका श्रोताहरुलाई के भन्न चाहानुहुन्छ ?

म नेपाल पत्रवाट सम्पूर्ण मेरा दर्शक, स्रोताहरु र शुभचिन्तकहरुमा नेपाली गीतसंगीत मनपराउनु हुने सम्पूर्ण महानुभावहरुमा म के भन्न चाहन्छु, भने नेपाली गीतसंगीत सुनिदिनु होला नेपाली गीतसंगीतलाई माया गरीदिनुहोला । हजुरहरुको प्रतिक्रिया दिनको लागि मलाई सुमन सरगम भन्ने पेज छ खोजेर लाइक गरेर मसँग साथी रहनु होला । मेरा गीतहरु Youtube मा Suman Sargam Song Search गरेर हेरेर, सुनेर मलाई प्रतिक्रिया दिनुहोला र नेपलापत्र डटकम लगायत राम मगर भाईलाई यो अन्तर्वार्ताको लागि धेरै-धेरै धन्यवाद दिन चाहान्छु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !