४ बैशाख २०८१, मंगलबार

‘ऐश्वर्य’ को नयाँ पोष्टरमा केकी अधिकारी


असोज २७, काठमाडौँ | कात्तिक ९ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘ऐश्वर्य’  युनिटले अभिनेत्री केकी अधिकारी सहितको नयाँ पोष्टर सार्वजनिक गरेको छ।फिल्मको यसअघि सार्वजनिक ट्रेलर, दुईवटा गीत र पोष्टरमा केकी अधिकारीलाई राम्रो स्थान नदिएको गुनासो आएको थियो ।

चर्चामा रहेकी अभिनेत्री केकी अधिकारीलाई फिल्मको पोष्टर, ट्रेलर र गीतमा राम्रो स्थान नदिइएको भन्दै निकै आलोचना भएपछि निर्माण युनिटले केकीलाई समावेश गरेर नयाँ पोष्टर सार्बजनिक गरेको हो । सार्वजनिक पोष्टरमा केकी र रमेश उप्रेती देखिएका छन्। यूनिटले यसअघि फिल्ममा नव नायिका दीपिकालाई केन्द्रमा राखेका थिए।

नयाँ पोष्टर रिलिज गरेसँगै निर्माण यूनिटले योजना अनुसार नै पोष्टर र गीतमा केकीलाई लुकाइएको जनाएको छ। यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको   छ। फिल्ममा  रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ।रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्। फिल्मलाई सुदीप वरालले छायाँकन गरेका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !