११ बैशाख २०८१, मंगलबार

२६ फिटको अजिंगरसँग सुरक्षा गार्डको भिडन्त, मारेपछि काटेर खाए गाउँलेले


असोज २४ | एक व्यक्ति काम सकेर घर फर्कैँदै थिए। बाटोमा उनको करीब २६ फिट लामो विशाल अजिङ्गरसँग जम्काभेट भयो । उक्त व्यक्ति र अजिंगरको लडाँइ भयो । अन्ततः ती व्यक्ति अजिंगरलाई परास्त गर्न सफल भए । अजिंगर मारियो ती व्यक्तिको एउटा हात गुम्यो ।

अक्सर सिनेमा तथा कथाहरुमा देख्न सुन्न पाइने यो कथा इन्डोनेसियाको एक गाउँमा घटेको सत्य घटना हो । एक पाम(तेल उत्पादन गर्ने बनस्पति)को बगैँचामा सुरक्षा गार्डको काम गर्ने ३७ वर्षीय ‘रोवर्ट नबबान’ गत सेप्टेम्बर ३० तारिकको साँझ ड्यूटी सकेर घर फर्कँदै थिए । मोटर साइकलमा घर पर्किरहेका उनको एक बिशाल अजिंगरसँग भेट भयो। अस्पतालमा उपचार गराइरहेका नबबानले स्थानीय मिडियालाई बताए अनुसार उनले अजिंगर समात्ने कोसिस गरेका थिए । अजिंगरले उनको हात निलेको निल्यो । निकैबेर दुवैबीच युद्ध चल्यो । उनीसँगै रहेका अर्का सुरक्षा गार्ड र अन्य स्थानीय व्यक्तिहरुले उनको जीवन बचाउँन सहयोग गरे । सबै मिलेर अजिंगरलाई मार्न सफल भएका भए।

मारिसकेपछि गाउँ छिर्ने मुख्य द्वारमा झुण्ड्याइएको अजिंगर स्थानीय बच्चाहरुले खेलेका थिए । अन्तत गाउँलेहरुले त्यसलाई काटेर खाए।यस्ता अजिंगर मुख्यतया २० फिट हाराहारीको हुने भएपनि उक्त अजिंगर अविश्वासनीय तरिकाले फस्टाएको स्थानीय प्रहरी अधिकारीले बताए। अजिंगरको खुद लम्बाई २५.६ फिट रहेको बताइएको छ। इन्डोनेसिया संसारकै सरीसृप जीवहरुको ठूलो घर मानिन्छ । तीनले मान्छेमाथि आक्रमण गर्ने घटना घटिरहन्छ । गत मार्चमा पनि सुलावेसी टापुका एक स्थानीय रहस्यमय तरिकाले गायब भएका थिए । पछि उनलाई एक २२ फिट लामो अजिंगरले आहारा बनाएको पत्ता लाग्यो।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !