१३ बैशाख २०८१, बिहिबार

विश्वकै महँगो चकलेट, जसको मुल्य कति ?


चकलेट

एजेन्सी । बजारमा विभन्न स्वाद र रंगमा चकलेट पाइन्छ । चकलेटको गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । साधारणतया एक चकलेटको मुल्य एक रुपैयाँदेखि २–४ सयसम्म पर्छ होला भन्ने अनुमान गर्न सकिन्छ । तर, एउटै चकलेटको मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । भारतको चर्चित आइटीसी कम्पनीले बनाएको चकलेटको मुल्य सुन्दा होस् उडाउने खालको छ । भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ । यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैया पर्दछ । जस अनुसार एक डब्बा चकलेटलाई मात्र भारु १ लाख अर्थात नेपाली १ लाख ६० हजार पर्ने गर्छ । उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !