१२ बैशाख २०८१, बुधबार

एउटा ट्वीटले टेस्लाको बजार मूल्य १४ अर्ब अमेरिकी डलरले घट्यो


१० जेठ, काठमाडौं । संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ । ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ । “टेस्लाको शेअर मूल्य धेरै नै बढी” रहेको आफ्नो विचार रहेको ट्वीट गरेका मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन् । अन्य ट्वीटहरूमा उनले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन् ।-बीबीसीवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !