७ बैशाख २०८१, शुक्रबार

संसारकै सबैभन्दा बढी तौल भएकी महिलाको निधन


असोज २१, यूएई | संसारकै सबैभन्दा बढी तौल भएकी चर्चित महिला एमान अहमदको निधन भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित बुर्जिल अस्पतालले उनको मुटु र मिर्गौलाको इन्फेक्सनका कारण मृत्यु भएको जनाएको छ । उनि लामो समय देखि उच्च रतचाप र मधुमेहको रोगि भएको बताइएको छ ।

एमानको उपचार २० जना चिकित्सकहरूको टोलीले गरिरहेको थियो । एमानको तौल ५ सय किलोग्राम थियो । उनी केही समयअघि शल्यक्रिया गरेर तौल घटाउन भारत आएकी थिइन् । एमान मिश्रकी नागरिक हुन् । यसै वर्षको जनवरीमा उनी आफ्नो तौल कम गराउन भारत आएकी थिइन् । एमानको मुम्बईको सेफी अस्पतालमा उपचार भएको थियो । भारतीय डाक्टरहरूले उनको सफल शल्यक्रिया गरेर तौल घटाएको दाबी गर्दै आएका थिए । डाक्टरहरूले उनको शल्यक्रियापछि तौल घटाएर ५ सय किलोग्रामबाट २ सय ५० किलोग्राम बनाएको बताएका थिए ।

यद्यपि एमानकी बहिनीले भारतीय चिकित्सकहरूले पुरै झुठो बोलेको आरोप लगाएकी छन् । अस्पतालले एमानकी बहिनीको भनाइको खण्डन गरेको छ । मुम्बईमा शल्यक्रियापछि एमानलाई युएईको राजधानी अबुधावी लगिएको थियो । शल्यक्रियाअघि उनी २५ वर्ष घरबाट बाहिर ननिस्किएको बताइएको छ । एमानभन्दा अघि सबैभन्दा बढी तौल भएकी महिला अमेरिकाकी पोलिन पाटरलाई मानिन्थ्यो । उनको तौल २ सय ९२ किलोग्राम थियो । यो रेकर्ड सन् २०१० मा गिनिज बुकमा दर्ता भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !