४ बैशाख २०८१, मंगलबार

हलिउडको सबैभन्दा डरलाग्दो फिल्म ‘इट्’, तीन दिनमै १८ अर्व ४० करोड कमाइ


भदौ २७, काठमाडौं । अहिलेसम्मकै सबैभन्दा डरलाग्दो मानिएको हलिउड हरर फिल्म ‘इट्’ ले तीन दिनमै १८ अर्व ४० करोड रुपैयाँ कमाएर नयाँ कीर्तिमान कायम गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘इट’ले ‘वर्ल्डवाइड बक्स अफिस’ले तीन दिनमै १८ अर्व ४० करोड रुपैयाँ कमाएको उल्लेख गरेको छ ।

हलिउड फिल्म समिक्षक एन्ड्यु बार्करले यस फिल्मलाई हलिउडमा बनेको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो फिल्म भएको बताएका छन् । फोब्स् म्यागजिनका अनुसार प्रदर्शनलगत्तै यस फिल्मले कैयौँ हलिउड फिल्मको रेर्कड तोडिसकेको छ । विश्वप्रसिद्ध लेखक स्टीफन किंगको उपन्यासमा आधारित बनेको उक्त फिल्मले पहिलो दिनमै ५ अर्व २२ करोड कमाउन सफल भएको थियो । पहिलो दिनमै सबैभन्दा धेरै कमाउनेको सुचिमा समेत फिल्म ‘इट्’ पहिलो बनेको छ ।

सन् २०१३ मा हलिउड फिल्म ‘द कंन्यूरिंग’ले पहिलो दिनमा ३ अर्व ६२ करोड रुपैयाँ कमाएर बनाएको कीर्तिमानीलाई ‘इट्’ले गत शुक्रबार तोडीदिएको हो । दुई भागमा बनेको फिल्म ‘इट्’को दोश्रो भाग सन् २०१९ मा आयने बताइएको छ । फिल्म डर्री नाम गरेको शहरमा जोकरको पहिरन लगाएर बस्ने भुतले सात वर्षभन्दा कम उमेरका बालबालिकालाई खान थालेपछि सुरु हुन्छ ।

बालबालिकाले मात्रै देख्न र महशुस गर्न सक्ने ती जोकर भुत र बालबालिकाबीचको लडाँइलाई फिल्मको मुख्य कथा बनाइएको छ । करिव ३ अर्ब ५९ करोड रुपैयाँ लागतमा बनेको उक्त फिल्म ‘इट्’ लाई एन्ड्रेस् मुस्चिएत्तीले निर्देशन गरेका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !