१२ बैशाख २०८१, बुधबार

चिहान खनेर तयार गरेको ८३ वर्षीया मृतक वृद्ध ब्युँझिएपछि…


वाली जीनिया

एजेन्सी, युक्रेनमा ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । डाक्टरले जाँच गरेपछि जीनियाले संसार छोडिसकेको बताए । यसपछि परिवारले क्रिया सुरु गरे । स्थानीय अधिकारीहरूले उनको मृत्यु दर्ता समेत गर्न भ्याए र परिवारले एक चिहान खनेर पास्टरलाई बोलाए । जीनियाको परिवारले उनलाई गाड्न सबै व्यवस्था गरिसकेका थिए । यसपछि उनकी छोरीले केही अनौठो महसुस गरिन् । जीनियाको निधार तातो थियो । उनी जिउँदै थिइन् । उनलाई अस्पताल पनि लगियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !