७ बैशाख २०८१, शुक्रबार

सन्तानप्रति आमाको माया: आफ्नो सन्तानको पेट पाल्न आमाले बेचिन् कपाल


कपाल

बीबीसी, मानिसको जीबनमा हरेक खालका घटनाहरु भइरहेको हुन्छ आफ्नो जीबन यापन गर्नको लागि पनि धेरै कठिनाई भएको हुन्छ त्यहि घटना भएको छ आफ्ना साना सन्तानको पेट भर्नका लागि १५० भारतीय रुपैयाँमा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो । तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन् । बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमान्‌ले आत्महत्या गरे । तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो । आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा खानेकुराको जोहो गर्न अब थप सम्भावना बाँकी रहेन भन्ने बोध उनलाई भयो ।
तर त्यसपछि के भयो भन्ने कुराले सबैलाई प्रेरित गर्छ ।

मृत्यु हुनुअघि सेल्भम र उनका पतिले भारतको दक्षिणी राज्य तालिमनाडुको एउटा इँटाभट्टामा काम गर्थे । त्यो कमाइले केवल उनीहरूको साना बालबच्चासहितको परिवार पाल्न मात्रै काफी हुन्थ्यो। उनीहरूले जीवनमा त्योभन्दा बढी चाहे । आफ्नै इँटाभट्टा खोल्नका लागि उनका श्रीमान्‌ले ऋण लिए। तर योजना अनुसार सफल भएनन् । निराश भएर गत वर्ष उनले आत्महत्या गरे। त्यसपछि ऋणको पूरा भार सेल्भममाथि आइलाग्यो ।

तीन सन्तानको पालनपोषण मात्रै नभई असफल भएको व्यापारका लागि लिइएको पैसा गर्ने दबाबमा पनि उनी परिन् । “काम गर्न जाँदा म दिनको दुई सय रुपैयाँ पाउँछु जुन परिवार चलाउनका लागि पर्याप्त हुँदैन,” सेल्भमले भनिन् । त्यसपछि उनी बिरामी भइन्। उनले पहिले जति कमाउन सकिनन् । “म इँटाको गह्रुँगो भारी बोक्न सक्दिनँ। ज्वरोले गर्दा म धेरै समय घरमै बसेँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !