१३ बैशाख २०८१, बिहिबार

सात महिने बालक बने ह्वाइटहल सहरको मेयर


एजेन्सी, अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका छन् । उनलाई मानार्थ मेयर बनाइएको हो । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए ।

समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ । यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !