८ बैशाख २०८१, शनिबार

आफ्नो विवाह सम्बन्धी भुलेर पनि सामाजिक सञ्जालमा पोस्ट गर्न नहुने कुराहरु


?????????????????????????????????????????????????????????

एजेन्सी, पछिल्लो समय सामाजिक संजालको प्रयोग निकै बढी प्रयोग हुन थालेको छ । चाहिदो भन्दा बढी प्रयोग गर्न थालेपछि सामाजिक संजालमा विभिन्न खालका कुराहरु शेयर गर्ने गरेको पाइन्छ । कसैको जन्मदिन रैछ भने पनि सामाजिक संजालमा शुभकामना दिने गर्छन्, कसैको मृत्यू भएको छ, कसैले राम्रो काम गरेको छ भनेपनि सामाजिक संजालमा शेयर गर्ने गर्छन् । यही क्रममा जब विवाहको कुरा आउँछ, मानिसहरु हरेक क्षणको तस्विर सामाजिक सञ्जालमा हालिरहेका हुन्छन् । तर बिर्सेर पनि विवाहसम्बन्धी यस्ता केही कुराहरु छन् जुन तपाईले एकदम ध्यान दिनुपर्ने हुन्छ ।

परिवारमा भएको कुनै पनि कलहलाई पोस्ट नगर्ने ।
सामाजिक सञ्जालमा आफ्नो विवाहसँग सम्बन्धित सबै जानकारी सार्वजनिक गर्ने काम नगर्ने ।
फेसबुक वा इन्स्टाग्राममा पटक पटक आफ्नो विवाहको मितिबारे जानकारी गराइ राख्ने प्रयास नगर्ने ।
आफ्नो हुनेवाला आफन्तका बारे सार्वजनिक नगर्ने ।
आफ्ना जीवनसाथीसँग तपाई हनिमुनका लागि कहाँ जाँदै हुनुहुन्छ भन्ने कुराको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !