७ बैशाख २०८१, शुक्रबार

ब्रत बसेको दिन यौन सम्पर्क गर्न नहुने कारणहरु


sex

हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । तर सेक्स गर्दा पनि ध्यान दिनुपर्ने कुराहरु हुन्छन् किन की यस्तो अवस्थामा संवेदनशील हुन सक्छ त्यसै गर्दा पनि यौन सम्पर्क गर्दा विचार गरेन भने त्यो मजाभन्दा बोझ लाग्न सक्छ । हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन । हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ । इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ । हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ ।

धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ । ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौन विशेषज्ञहरुको भनाइ छ । ब्रतका बेला यौन सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ । शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन । यौनलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने विज्ञहरुको भनाइ छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !