८ बैशाख २०८१, शनिबार

सावधान ! शनिवार यी ५ चीज नकिन्नुहोस्


electrical-pure-iron-bar

शास्त्रमा केही यस्ता चीजका बारेमा उल्लेख गरिएको छ, जुन शनिवारको दिन किनमेल गर्नु हुँदैन । खासगरी, फलामबाट बनेको चीज छ भने त्यसलाई नकिन्दै राम्रो हुन्छ ।

फलामको किनमेल :  फलामलाई शनिदेवको धातु मानिन्छ र शनिवारको दिन फलामबाट बनेको सामान दान गर्नाले शनिदेव प्रसन्न हुन्छन् भन्ने पनि मान्यता छ । तर, यदि तपाई यसको विपरित फलाम किनमेल गर्नुभयो भने तपाईको घर–परिवारमा संकटको पहाड खस्न सक्छ । तपाई आर्थिक रुपले चिन्तित बन्न सक्नुहुन्छ र तपाईको काम बन्दा–नबन्दै बिग्रिन्छ ।

नुन र तेल : शास्त्रअनुसार, शनिवार नुन र तेलको खरिद गर्नाले छालासम्बन्धि रोग हुनसक्छ ।

कालो तिल : शनिवारको दिन कालो तिल किन्नाले परिवारमा विपत्ति आउँन सक्छ ।

कालो जुत्ता : शनिवारको दिन कालो जुत्ताको किनमेल पनि तपाईलाई आपत निम्त्याउँने कुरा शास्त्रमा लेखिएको छ । शनिवार किनेको कालो जुत्ता लगाएर कुनै काममा जाँदै हुनुहुन्छ भने तपाईको दिन नै नराम्रो हुने र काममा बाँधा आउँन सक्ने बताइएको छ ।

कैची र मसी : शनिवारको दिन कैची किन्नाले सम्बन्धमा खटपट आउँन सक्छ भने मसी किन्नाले जीवनमा असफलता मात्रै आउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !