११ बैशाख २०८१, मंगलबार

मानिसको मृत्यु सम्बन्धि केहि रोचक तथ्यहरु


मृत फेला

मानिसको जन्मपछि मृत्यु हुने गर्दछ । मृत्युलाई रोकेर रोक्न सकिदैन । तर हामीमध्ये धेरैलाई मृत्यु बारेमा थाहा नभएका केहि रोचक तथ्यहरु यस प्रकार रहेका छन् :

  • तपाइको मृत्युको दिनमा टेन्सन नलिनुस, तपाइँसंगै उक्त दिन अरु १ लाख ५९ हजार ६ सय ३५ जना पनि मर्दछन् ।
  • कुनैपनि मानिसको मृत्यु बुढेसककालको कारण होइन तर बुढेसकालमा लाग्ने रोगको कारण हुनेगर्दछ ।
  • कुनै व्यक्तिको टाउको काटेर मार्यो भने त्यो व्यक्ति २० सेकेण्ड सम्म जीवित रहन्छ तर टाउकोमा गोली हानेर मार्यो भने उसको मृत्यु तुरुन्त हुन्छ ।
  • बिहान ३ देखि ४ बजेको समयमा मानिसको शरीर सबैभन्दा कमजोर हुन्छ त्यसैले प्रायजसो मानिसको मृत्यु यहि समयमा हुन्छ ।
  • धर्तीमाभन्दा पानीमा मानिसको शव ४ गुणा छिटो सड्दछ ।
  • मानिस मरेको ३ दिन पछी हाम्रो पेटमा रहेको एन्जायाम्सहरुले हाम्रो भित्रि भागलाई खान शुरु गर्छ ।
  • हामी सबैलाई थाहा छ कि डाक्टरको अक्षर सबैले बुझ्न सक्दैन, तर डाक्टरहरुको खराब अक्षरको कारण हरेक बर्ष ७ हजार मानिसहरुको मृत्यु हुने गर्दछ ।
  • देब्रे हातले लेख्नेहरु दाहिने हातले लेख्नेहरु भन्दा ३ साल पहिले मर्ने गर्दछन् ।
  • समुद्री माछा सार्कले हरेक साल १२ जना मानिसलाई मर्दछ, तर मानिसले हरेक घण्टा ११ हजार ४ सय १७ वटा सार्क माछा मार्दछ ।
  • मानिसको मृत्यु आतंककारी हमलाबाट भन्दा बाथरुममा चिप्लेर धेरै हुने गर्दछ ।
  • भारतमा हरेक घन्टामा १ जना महिलाको मृत्यु दाइजोको कारण हुने गर्दछ ।
  • पहिलो विश्व युद्धमा ४ करोड र दोस्रो विश्वयुद्दमा ६ करोड मानिसहरुको मृत्यु भएको थियो ।
  • संसारमा हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !