८ बैशाख २०८१, शनिबार

श्रीमानले महिनौसम्म पनि ननुहाएपछि श्रीमतीले मागिन सम्बन्ध विच्छेद


सम्बन्ध विच्छेद

भारतको मध्य प्रदेशमो विदिशाको एक क्षेत्रमा एक दम्पत्तिबीच स्वच्छता कारण सम्बन्ध विच्छेदको चरणमा पुगेका छन् । पत्नीले पतिले कहिल्यै ननुहाउँने कारण आफुले छाड्न चाहेको एक परामर्श केन्द्मा दिएको उजुरीमा बताएकी छिन् । उनले पतिलाई सरसफाईको बिल्कुल ख्याल नभएको आरोप लगाएकी छिन् । महिलाले पतिले महिनौ सम्म नुहाउँने हुँदा उनको शरीरबाट दुर्गन्ध आउने गरेको बताएकी छिन् । उनले फोहोर आफुलाई मन नपर्ने कारणले पतिलाई नै छाड्न चाहेको उजुरीमा लेखेकी छिन् ।

पत्नीले पतिसँग अब बस्न नचाहेको परामर्श केन्द्रमा बताइन् । हाल भने पतिले सरसफाई गरेमा आफ्नो निर्णय परिर्वतन गर्न सक्ने सम्भावना पनि रहेको जानकारी दिइन् । उनका पतिले आफु पनि फोहोरी हुने र घर पनि फोहोर राख्ने गर्छन् । पत्नीको उजुरी पछि काउन्सिलरले पतिलाई सम्झउँदा पतिले अबका दिनमा दिनहुँ नुहाउने र घरपनि सफा राख्ने वचन दिएका छन् । पतिले सधै नुहाउँने वचन दिएपछि काउन्सिलरको अगाडी दुवैजना खुशी भएर सँगै घर फर्केका छन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !