४ बैशाख २०८१, मंगलबार

पतिको निधन भएको ५ वर्ष भएपछि देवरलाई एकतर्फी माया गर्ने भाउजुको यो अवस्था !


मोबाइल

महिलाका पतिको निधन भएको ५ वर्ष भएपछि उनी देवरसँग हिमचिम बढाउन थालिन् । समाज र दुनियाको वास्ता नगरी महिला आफ्नो मायामा अगाडि बढिन् । देवरको मायामा पागल भएर विवाह गर्ने फैसला लिइन् । तर देवरले भने भाउजुसँग विवाह गर्ने कुरा सिधै अस्वीकार गरेका छन् । घरभित्रको यो गम्भीर विषय गाउँका अन्य मानिसको घरसम्म पुगेको छ । एकतर्फी माया भएकोे आरोप लगाउदै परिवारले पंञ्चायतलाई बोलाए । महिलालाई पञ्चायतले पनि निराशा बनाइदिएको छ । पञ्चायतले विवाह गर्ने अनुमति नदिएपछि महिला कानुनको शरणमा गएकी छिन् । जहाँ महिलाहरु जम्मा भएर देवर विवाहको लागि राजी नभएको भन्दै उल्टै गाली गरे ।

परिवारले ती महिलालाई देवरसँग विवाह गराइदिने आश्वासन दिएको छ । गाउँलेहरुले पतिको निधन पश्चात देवर भाउनजुको अनैतिक सम्बन्ध भएको आरोप समेत लगाएका छन् । शारीरिक सम्बन्ध राखेपछि भाउजुले देवरलाई विवाह गर्ने दबाब दिएकी थिइन् । हाल देवरले भाउजुसँग बोलचाल बन्द गरेका छन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !