१३ बैशाख २०८१, बिहिबार

बलात्कारीलाई सजाय होइन, उल्टै पुरस्कृत गर्ने परम्परा


महिला हिंसा

केटाले आफुलाई मन परेको केटीको अपहरण गर्छन्, केटी माथि बलात्कार गरेर केटीको घरमा ल्याएर छाडिदिन्छन् । यो किर्गिस्तानको परम्परा हो । परिवारले लोकलाजको डरले त्यहि बलात्कारी पुरुषसँग विवाह गरिदिन्छन् । यस्तो कुकृतीलाई पुरस्कृत गर्ने परम्परालाई रोक्न किर्गिस्तानको सरकारले प्रयास गरिरहेको छ ।

त्यहाँका युवतीहरुलाई त्यो पुरानो परम्परा श्राप साबित भएको छ । आफुलाई मन परेको केटीको घरैबाट अपहरण गर्छन् । घरका मानिसहरु विवाहको सुरसार गर्छन् । केटीले विवाह अस्वीकार गरेमा बलात्कार गर्ने चलन छ र भोली बिहान विवाहको तयारी गर्न सुरु हुन्छ । जसले अपहरण र बलात्कार गर्यो उही केटासँग विवाह गर्न युवतीहरु बाध्य हुन्छन् । युनेस्कोको एक रिर्पोट अनुसार हरेक वर्ष १२ हजार युवतीहरुको जबरजस्त अपहरण गर्ने गरेका छन् । अपहरण गरेर लगेका युवतीहरुको ६८ देखि ७५ प्रतिशतको विवाह हुने गरेको छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !