८ बैशाख २०८१, शनिबार

१५ वर्षकी किशोरीले जिउदै गाडेको बच्चालाई कुकुरले निकालेपछि…


कुकुर

एजेन्सी । आमाले आफुले जन्माएको बच्चालाई जिउदै माटोमा गाडिदिइन् । उनले आफू आमा भएको खबर कसैले पनि थाहा नहोस् । जसको कारण उनले आफ्नो ममता माटोमा पोखिन् । घटना थाइल्यान्डको हो । जहाँ एक किशोरीले आफुले जन्माएको बच्चा खेतमा जिउलै गाडेर आइन् । तर उक्त दिन पिंग पान्ग नामको कुकुरले पत्ता लगायो । कुकुरले बच्चा गाडेको थाहा पाउँदा बित्तिकै बेस्सरी भुकेर मालिकलाई बोलायो । मालिकले कुकुरको इशारामा जमिन खने र बच्चा निकाले ।

मालिकले बच्चा निकाल्दा गाडेको धेरै समय भएको थिएन् त्यसैले बच्चा जिउदै बाहिर निकाले । बच्चाको आमा खोज्दा १५ वर्षकी एक किशोरी भएको पत्ता लागेको छ र हाल उनी प्रहरीको हिरासतमा छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !