११ बैशाख २०८१, मंगलबार

विश्वभर कन्डमको अभाव, कसरी राख्ने कामेच्छा काबुमा ?


कण्डम

विश्वभर कन्डमको अभाव भएको छ । एक रिर्पोट अनुसार लकडाउनको समयमा कन्डमका बिक्रि बढेको र कम्पनीमा काम बन्द भएकोले कन्डमको उत्पादन कमी भएको हो । कोरोना भाइरसको कारण विश्वका धेरै देशहरु लकडाउन लागु गरेका थिए । लकडाउनले सबै स्थान र सबै क्षेत्रमा असर गरेको छ । कन्डम बनाउने कम्पनी पनि अछुतो रहेन ।

रिर्पोट अनुसार कन्डमको माग र सप्लाईको बीचमा सन्तुलन बिग्रेकाले विश्व भरनै कन्डम अभाव भएको छ । यदि कन्डम नपाएको अवस्थामा आफ्नो कामच्छामा काबुमा राख्न यी टिप्सले मद्दत गर्नेछ । आफ्नो साथीसँग कुरा गर्नेः आफ्नो पाटनरसँग यस विषयमा खुलेर कुरा गर्नुपर्छ । यस्तो अवस्थामा दुवैजना मिलेर सजिलो मार्ग खोज्नु पर्छ । यदि तपाइँको पार्टनरले यौन इच्छा नियन्त्रण गर्न सक्दैन भने झन सहयोग गर्नुपर्छ वा मिल्नुपर्छ । दुई जनाको बीचमा सम्बन्ध बलियो बनाउने शारीरिक सम्बन्धले हो त्यसैले खुलेर आफ्नो कुरा राख्नुपर्छ ।

विचार काबुमा राखेर अन्य काममा ध्यान दिनुपर्छः आफ्नो विचार काबुमा राख्न कोशिश गर्नुपर्छ । हरेक यौन सम्बन्धको बारेमा सोचेमा तपाइँको कामेच्छा नियन्त्रण गर्न सजिलो हुन्छ । यस्तो कुरा मनमा आउने बित्तिकै दिमागलाई तुरुन्त अन्य काम र कुरामा ध्यान मोड्नुपर्छ । न्युज हेर्ने, टिभीमा सिरियल हेर्ने

त्यत्तिकै नबस्ने, कार्यतालिका बनाउनेः चाहे काम होस् वा नहोस आफु खाली नबस्ने । दिनभरको लागि तालिका बनाउनु पर्छ । बिहान उठेदेखि राति नसुतेसम्मलाई कामको तालिका अनुसार काम गर्नुपर्छ ।

रोमान्टिक सामाग्रीबाट टाढा रहनेः यदि यौन सम्बन्धको बारेमा मात्र सम्झना आउनेले रोमान्टीक खालको सामाग्रीबाट टाढा रहने । यस्ता चीजले झन कामेच्छा बढाउँछ ।

व्यायामः कामेच्छा नियन्त्रण गर्न व्यायामले धेरै मद्दत गर्छ । यदि घरमा कुनै अभ्यास गर्ने उपकरण भएमा अभ्यास गर्न थालिहाल्ने । यसले थकाउनुको साथै दिमागलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

नतिजाको बारेमा सोच्नेः कुनै पनि काम गरेपछि नतिजाको बारेमा सोचेर बस्नु हुँदैन् । दिमागमा पछि हुने नतिजाको बारेमा सोचेर बस्नु आफैलाई पछाडी धकेल्नु हो ।

माया वा रोमान्स बाहेक अरु पनि रुप हुन्छन्ः रोमान्स र मायाको अर्थ यौन सम्बन्ध मात्र होइन् । यसको स्थानमा पत्नीको साथमा गेम खेलर, हात बटारेर, फिल्म हेरेर र लाइट डिनरको मज्जा लिन सकिनेछ । -एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !