१३ बैशाख २०८१, बिहिबार

समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत नै फुस्किए (भिडियो सहित)


काठमाडौ, ५ साउन । हालै युक्रेनमा एकजना महिला पत्रकारले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रशारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकहरुलाई भावुक बनाइदिएको छ ।

समाचार पढिरहँदा उनको अगाडिको भागको माथिल्लो पट्टकिो एउटा दाँत खुस्कियो । दाँत उखेलिएपछि उनले मुखसम्म हात पुर्‍याएर उक्त दाँतलाई एउटा हातमा लिइन् ।एक्कासी दाँत फुस्किँदा र थोते भएर समाचार पढिरहँदासमेत उनको अनुहारमा कुनै बदलाव देखिएन र उनले स्वभाविकरुपमा समाचार रिपोर्टको वाचन पूरा गरिन् ।

भिडियो हेर्नुस् :

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !