६ बैशाख २०८१, बिहिबार

बलिउड अभिनेत्री अरोरालाई पनि कोरोना संक्रमण


गोसाइकुण्ड

नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री मलाइका अरोरा पनि कोरोना संक्रमित भएकी छन् । इन्स्टाग्राममा मलाइकाले हालै यस्तो खुलासा गरेकी हुन् । ‘आज मलाई कोरोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । तर तपाईँहरु सबैलाई म सञ्चै भएको जानकारी गराउँछु । मलाई लक्षण देखिएको छ र यसका सबै मापदण्ड पछ्याउँदै छु । मेरा चिकित्सक र अधिकारीहरुले सुझाव दिए अनुरुप म घरमै क्वारेन्टाइनमा बस्नेछु । तपाईँहरु सबैलाई शान्त र सुरक्षित रुपमा बस्न आग्रह पनि गर्छु । साथै सहयोगका लागि सबैलाई धन्यवाद,’ मलाइकाले भनेकी छन् ।

सेप्टेम्बर ६ मा अर्जुन कपुरले पनि आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जाल मार्फत दिएका थिए । उनले भनेका थिए कि, ‘मलाई कोरोना पोजिटिभ भयो भनेर तपाईँ सबैलाई भन्नु मेरो दायित्व हो । मलाई ठीकै छ । र म आफ्नै घरमा आइसोलेट भएको छु ।

यसबीचमा बलिउडकर्मीहरु पनि तीव्र रुपमा कोरोना संक्रमण भएको छ । भारत अत्याधिक संक्रमित बढ्ने देशमध्ये एक हो । जहाँ ४२ लाख भन्दा धेरैलाई कोरोना संक्रमण भइसकेको छ भने ७२ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । सेप्टेम्बर ६ अर्थात् आइतबार एकै दिन कोरोनााट ९० हजार संक्रमित भएका थिए । आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !