१२ बैशाख २०८१, बुधबार

भारतीय ह्याकरको निशानामा नागरिक उड्डयन प्राधिकरण


नेपाल नागरिक उड्डयन प्राधिकरण

जेठ १२, काठमाडौं । भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो ।

भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो ।

इन्डियन साइबर ट्रँपस नामको समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्याक गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गरिरहन खोजिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !