४ बैशाख २०८१, मंगलबार

खुसीको खवर ! रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय


रिचार्ज बराबर बोनस ब्यालेन्स

१२ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । नेपाल सरकारले कोरोनाको संक्रमण फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो ।

तर यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ । अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।

टेलिकमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्ज जत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने निर्णय गरेको नेपाल टेलिकमले जनाएको छ । यस्तो बोनस बापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिनेछ । नेपाल टेलिकम बाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !