१३ बैशाख २०८१, बिहिबार

इन्टरनेट किन आवश्यक छ ?


इन्टरनेट किन आवश्यक छ ?
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

इन्टरनेट किन आवश्यक छ ? मानिसको हरेक आवश्यकता पुरा गर्नमा इन्टरनेटले ठूलो सहयोग पुर्याएको देखिन्छ चाहे स्वास्थ्य क्षेत्रमा होस् या मनोरञ्जनको क्षेत्रमा होस् या ब्यापारको क्षेत्रमा होस् । हरेक विषय बस्तु हामीले इन्टरनेटमा प्राप्त गर्न सक्छौं ।

आज इन्टरनेटको माध्यमबाट विश्वका जुनसुकै राष्ट्रमा भएपनि हामी बसेर कुरा गर्न सक्छौं । विज्ञान तथा प्रविधिले कति सजिलो बनाई दिएको छ । हामीले चाहेका हरेक बस्तु इन्टरनेटको माध्यमबाट पुरा गर्ने गरेका छौं ।

इन्टरनेट, कम्प्युटर, विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी सञ्जाल हो कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटरसँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचनाहरू आदान-प्रदान गर्न सक्छन ।

हामीले चाहेको सुचना आदान-प्रदान गर्नमा ठूलो भूमिका निभाएको देखिन्छ । यसले सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारकतत्व इन्टरनेट नै भएको देखिन्छ ।

नेपालमा इन्टरनेट सेवा हरेकको पहुँचमा छ । तर प्रयोग कर्ताहरूका अनुसार यो नेपालमा महंगो भएको देखिन्छ । इन्टरनेट एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ । कतिपय देशमा इन्टनेट सेवालाई मानव अधिकाककै रूपमा लिन सकिने देखिएको छ ।

इन्टरनेटको इतिहास हेर्दा सन् १९५० को दशकतिर सुरु भएको देखिन्छ । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको देखिएको छ। केहि देशबाट सुरु हुदै विश्वव्यापी रूप लिएर आज हामीलाई ठूलो सहयोग गर्न सफल भएको छ ।

यो पनि पढनुहोस्

जीवनमा सफल हुन यसो गर्नुहोस्

यस्तो छ योग र यसको महत्व, जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !