१३ बैशाख २०८१, बिहिबार

ह्वाट्सएपका १० फिचर्स


ह्वाट्सआप

एजेन्सी, स्मार्टफोनमा प्रायः सबैले प्रयोग गर्ने ह्वाट्सएप प्रयोग गर्छन् । ह्वाट्सएपका प्रयोगकर्ताहरुलाई केही खास फिचर दिएको छ तर ह्वाट्सऐपमा केही सेक्रेट फिचर्सपनि रहेका छन् । जसको सहयोगले तपाईको च्याटिङ एक्सपिरियन्सलाई अझ उत्कृष्ट बनाउँछ । यसको माध्यमबाट फोटो, भिडियो सजिलै सेयर गर्न सकिन्छ । ह्वाट्सएपको लोकेशन फिचरको माध्यमबाट गुगल म्यापको सहायताले नयाँ ठाउँ पनि सजिलै पुग्न सकिन्छ । यस बाहेक ह्वाट्सएपले दिएको अन्य फिचर्स यहाँ उल्लेख गरिएको छ ।

मिडिया भिजिबिलिटी
यस फिचरको लागि तपाई आफ्नो कन्ट्याक्ट इन्फोमा गएर मिडिया भिजिविलिटी अप्सन क्लिक गर्न सक्नुहुन्छ र तपाई केही विशेष च्याटलाई हाइड गर्न चाहनुहुन्छ भने नो लेखेको अप्सन क्लिक गर्न सक्नुहुन्छ ।
म्युट गु्रप च्याट
यस फिचरको माध्यमबाट गु्रप च्याटको नोटिफिकेशन म्युट गर्न सकिन्छ । यसको लागि ग्रुप इन्फोमा गएर म्युट च्याटवाला अप्सनमा क्लिक गर्नुपर्छ । यस्तो गर्दा गु्रप च्याटको नोटिफिकेसन्सले तपाईलाई बाधा गर्दैन् ।
डिसेबल ब्लु टिक
ह्वाट्सएपले यस फिचर युजर्सको गोपनियतालाई ध्यानमा राख्दै बनाएको हो । यसको सहयोगबाट च्याट गरिरहेको व्यक्तिले म्यासेज पढेको वा नपढेको थाहा पाउँदैन् । यसलाई एक्टिभ गराउन सेटिङमा गएर प्राइभेसी अप्सनमा क्लिक गर्नुपर्छ । यसपछि रिड रिसिट अप्सन देखिन्छ, जसलाई डिसेबल गराउन सक्नुहुन्छ ।
ह्वाट्सएप ग्रुप कल
यस फिचर ह्वाट्सएप प्रयोगकर्ताले धेरै मन पराउँछन् । यसको सहयोगमा साथीहरुसँग गु्रप कल गर्न सकिन्छ ।
ह्वाट्सएप बिजनेस
ह्वाट्सएप बिजनेसमा आफ्नो बिजनेस प्रोफाइल पनि बनाउन सकिन्छ । यसको लागि बिजनेस डिस्क्रिप्शन, इमेल एड्रेस, बिजनेस एड्रेस र आफ्नो वेभसाइटको पूरा विवरण राख्नुपर्छ ।
हाइड प्रोफाइल पिक्चर
तपाई चाहनुहुन्छ भने प्रोफाइल फोटो कसैले नदेख्ने बनाउन एकाउन्ट सेटिङमा गएर प्राइभेसी अप्सन खोल्नुपर्छ । यो प्रोफाइल फोटो अप्सनमा गएर नोबडी क्लिक गर्नुपर्छ । यस्तो गर्दा तपाइको प्रोफाइल फोटो कन्ट्याक्टमा रहेका व्यक्तिले देख्न सक्दैनन् ।
डिस्मिस ऐज गु्रप एडमिन
तपाई गु्रपको कुनै एडमिनसँग खुसी नभएमा उसलाई गु्रपबाट हटाउन सक्नुहुन्छ । यसको लागि गु्रफ इन्फो अप्सनमा उक्त व्यक्तिको नाममा केही समयसम्म प्रेस गर्नुपर्छ । यसो गर्दा रिमुभ ऐज एडमिन अप्सन देखिन्छ ।
सेयर लाइभ लोकेशन
यसको लागि तपाई आफ्नो च्याट बक्सको एटेचमेन्ट मेन्युमा जान सक्नुहुन्छ । जहाँ सेयर लोकेसनको अप्सन देखिन्छ । कुनै युजर्ससँग आफ्नो लाइभ लोकेशन १५ मिनेट, १ घण्टा वा ८ घण्टाको लागि सेयर गर्न सक्नुहुन्छ ।
ह्वाट्सएप पेमेन्ट्स
आफ्नो बैंक एकाउन्ट्सलाई ह्वाट्सएपमा लिंक गर्न सक्नुुहुन्छ ।
च्याट डाटा
यस फिचरको लागि सेटिङमा रहेको डाटामा क्लिक गर्नुपर्छ । त्यसपछि स्टोरेज युसेजको अप्सन खुल्छ र यहाँ आफ्नो कन्ट्याक्टस र गु्रको एक र्याकिंङ देखिन्छ, जसबाट तपाईले कोसँग सबैभन्दा धेरै च्याट गर्नुभयो थाहा पाउन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !