१३ बैशाख २०८१, बिहिबार

टिकटक निर्माता बाइट–डान्सले अब मोबाइल बनाउने


बीबीसी, ‘भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ । टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ ।

एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन् । टिकटक निर्माता बाइट–डान्सले मोबाइल बनाउने व्यवसाय सुरु गर्नको लागि उपकरण निर्माता समार्टीसनको प्याटेन्ट र कर्मचारी किनिसकेको छ । चिनियाँ आर्थिक म्यागजिन ‘काइजिङ’का अनुसार बाइट–डान्सले सात महिनादेखि नयाँ मोबाइल निर्माण गरिरहेको थियो ।

तर प्रविधि विज्ञहरुले भने चीनको अत्यन्त प्रतिस्पर्धात्मक मोबाइल बजारमा टिकटक निर्माताले ल्याउने मोबाइललाई कठिन हुने जनाएका छन् । चिनियाँ बजारमा एप्पल, सामसुङ र हुवावेबीच तीव्र प्रतिस्पर्धा छ । तिनले उपभोक्तालाई आकर्षित गर्नको लागि विज्ञापनमा ठूलो रकम खर्चिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !