१३ बैशाख २०८१, बिहिबार

पढ्नुहोस्, हामीले फोनमा कुरा गर्दा शुरुमा बोल्ने ‘हेल्लो’ भन्ने शब्द कसरी भयो ?


हामी हरेक व्यक्तिले फोन प्रायोग गर्छौं हामी फोन उठाउने बित्तिकै पहिलो हेल्लो भनेर बोल्छौं र त्यसपछि मात्र बाँकी कुराकानी हुन्छ । यो फोनमा किन सधै बोल्नु भन्दा अगाडी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । आज हामी यसको वास्तविकता र कसरी भयो भन्ने कुराहरु यहाँ उल्लेख गर्न गर्ने छौं ।

अलेक्जेन्डर ग्राहम बेल टेलिफोनका आविष्कारक  हुन् । बेलले १० मार्च १८७६ मा टेलिफोनको आविष्कार गरी पेटेन्ट लिए । फोनको आविष्कार गरेसँगै उनले सबैभन्दा पहिले आफ्ना मित्र वाट्सनलाई सन्देश प्रेषित गर्दै भने : श्री वाट्सन यहाँ आऊ । मलाई तिम्रो खाँचो पर्यो । ग्राहम बेलले फोनमा हेल्लो होइन Ahoy शव्द बोलेका थिए । टेलिफोनको प्रयोग आम रुपमा हुन थालेसँगै मानिसहरुले फोनमा कुरा गर्दा सुरुमा बोल्ने शव्द हुन्थ्यो : Are you There ? अर्थात् मलाई सुनेका छौ ? तर पछि वैज्ञानिक थोमस अल्बा एडिसनले Ahoy शव्दलाई अप्रभंस गरी सन् १८७७ मा Hello भन्ने प्रस्ताव गरे ।

उक्त प्रस्तावलाई पारित गर्नका लागि थोमस अल्बा एडिसनले पिट्सबर्गको केन्द्रीय जिल्ला तथा मुद्रण टेलिग्राफ कम्पनीका अध्यक्षलाई पत्र लेखे र टेलिफोनमा सबैभन्दा पहिले बोल्दे शव्द हेल्लो राख्न प्रस्ताव गरे । उनको प्रस्ताव स्वीकृत मात्र भएन उनी आफैले टेलिफोनमा हेल्लो बोल्न सुरु गरे । जुन पछि सबैले प्रयोग गर्न थाले र अहिलेको अवस्थामा आइपुगेको छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !