७ बैशाख २०८१, शुक्रबार

यदि तपाईको मोबाइलमा ब्याट्री नटिकेर हैरान हुनुहुन्छ भने अपनाउँनुस् यी उपायहरु


पछिल्लो समय मोबाईल फोनले घडि, क्यामरा, रेडियो लगायतका काम गर्ने भएको छ । धेरैको दिनभरकिो सहारा बन्दै आएको छ मोबाईल सेट । तर, धेरै जसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । केहि सामान्य कुरामा ध्यान दिन सकियो भने यो तनावबाट मुक्त हुन सकिन्छ ।

  • पटक–पटक चार्जिङ नगर्नुहोस

हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्या भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।

  • रातभर चार्जिङ नगर्नुहोस

दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।

  • जिपिएस लगातार अन नगर्नुस

ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।

  • धेरै भाइब्रेसन मोडमा नराख्नुस

धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !