७ बैशाख २०८१, शुक्रबार

एप्पलको आइफोन सेभेन आयो, केके छन् विशेषता ?


एप्पलले बुधबार अमेरिकाको क्यालिफोर्नियामा एक भव्य समारोहमा बहुप्रतिक्षित आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक गर्‍यो। यी नयाँ आइफोनको प्रि अर्डर सेप्टेम्बर ९ देखि लिन थालिनेछ भने वितरण सेप्टेम्बर १६ तारिखदेखि हुनेछ। ३२ जिबीको आइफोन सेभेनको मूल्य ६४९ अमेरिकी डलर राखिएको छ भने उत्तिकै जिबीको आइफोन सेभेन प्लसलाई ७६९ डलर मूल्य राखिएको छ।

के छ त नयाँ आइफोनको विशेषता?

१) डिजाइन
एप्पलले यस पटक विशेष डिजाइन तयार पारेको छ। फिनिसिङको लागि यसले नयाँ ब्ल्याक र जेट ब्ल्याक उपयोगमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ डिजाइन पहिलो पटक धुलो र पानीले असर नपार्ने खालको छ। त्यसैगरी नयाँ आइफोनमा नयाँ किसिमको होम बटन राखिएको छ।

कालो बाहेक यो सिल्भर, गोल्ड र रोज गोल्डमा पनि उपलब्ध हुनेछ। आइफोन सेभेन ४.७ इञ्चको हुनेछ भने सेभेन प्लस ५.५ इञ्चको।

२) क्यामेरा
camera
यस पटक एप्पलले आइफोनमा क्यामेरामा पनि नयाँ प्रयोग गरेको छ। सेभेन प्लसमा पछाडि दुई वटा क्यामेरा राखिएको छ। अप्टिकल इमेज स्ट्याबलाइजेसनका साथ लो लाइटमा पनि राम्रो फोटो खिच्ने दावी कम्पनीको छ। १२ एमपीको क्यामेराले भिडियो फोर के क्वालिटीको खिच्न सकिनेछ।

त्यसैगरी १०८० र ७२० पिक्सेलको एचडीमा स्लो मोसन भिडियो खिच्न सकिनेछ। सेल्फीका लागि यसमा ७ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा राखिएको छ।

सेभेन प्लसका दुई क्यामेराले वाइड एङ्गल र टेलिफोटो क्यामेराको कामका साथै अप्टिकल जुम २ एक्स र डिजिटल जुम १० एक्ससम्म गर्न सकिनेछ।

३) डिस्प्ले
नयाँ आइफोनको रेटिना एचडी डिस्प्लेले उज्यालो र बढी कलरफूल दृश्य देखिनेछ। डिजिटल सिनेमा इन्डस्ट्रीकै सरह कलर स्पेस आइफोन सेभेनले प्रयोग गर्ने कम्पनीको दावी छ। त्यसैगरी यसमा थ्री डी टचको पनि उपयोग गरिएको छ। अर्थात् टचको फिल पनि यसमा हुनेछ।

४) चिप
यसमा स्मार्टफोनकै सबैभन्दा शक्तिशाली चिप राखिएको दावी कम्पनीको छ। आइफोन ६ भन्दा यो दुई गुणा फास्ट हुन्छ भने अहिलेसम्मको आइफोन मध्ये सबैभन्दा बढी ब्याट्री यसैमा टिकाउ हुनेछ।

५) अडियो
airpod
आइफोनमा यस पटक अडियोमा पनि निकै परिवर्तन गरिएको छ। यसअघिका आइफोनहरुमा एउटा मात्र स्पिकर राखिएको भए पनि अहिले भने माथि र तल गरी दुई वटा स्पिकर राखिएका छन्। अर्थात् स्टिरियो स्पिकर सिस्टम यसमा छ। आइफोन सिक्स एसभन्दा यो दुई गुणा ठूलो आवाज आउने बनेको छ

त्यसैगरी इयर पडको लागि ज्याक पहिलेको भन्दा फरक बनाइएको छ। अब लाइटनिङ कनेक्टरमार्फत् इयरपड जोड्नुपर्नेछ। त्यस्तै वायरलेस अडियोका लागि एयरपड ल्याइएको छ। एयरपडले तार एप्पल प्रडक्टमा नजोडिकन काम गर्नेछ। एयर पड अक्टोबरमा बल्ल बजारमा आउनेछ।

६) वाइफाइ र सेलुलर
आइफोन ६ भन्दा यसको एलटिइ तीन गुणा छिटो हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !