, भाइबरमा म्यासेजलाई पिन राखेर यसरी लुकाउन सकिन्छ

भाइबरमा म्यासेजलाई पिन राखेर यसरी लुकाउन सकिन्छ

लुकाउने तरिका

भाद्र ३, २०७३- स्मार्टफोनलाई स्क्रिनमै पासवर्ड राखेर लक गर्न सकिन्छ । फेरि, स्मार्टफोनमा रहेका हरेक एपलाई पासवर्ड राखेर लक गर्न सकिन्छ । अघिल्लो साता म्यासेजिङ एप भाइबरले नयाँ सुविधा सुरु गरेको छ । जसअनुसार प्रयोगकर्ताले आफ्नो भाइबरमा भएको कुनै पनि च्याट (कन्भर्सेसन) लाई पिन राखेर लक गर्न सक्छन् र लुकाउन सक्छन् ।

संसारभरी नै अहिले प्राइभेसीको बहस चलिरहेको छ । प्रयोगकर्ताको च्याट वा डाटा सुरक्षित राख्न नयाँ नयाँ उपायसहितको सुविधा आइरहेका छन् । यसअघि नै प्रयोगकर्ताको च्याट अरु कसैले हेर्न नसकोस भनेर भाइबर, ह्वाट्सएप जस्ता चल्तीका म्यासेजिङ एपले इन्क्रिप्सन फिचर सुरु गरिसकेका छन् ।

भाइबरमा केही साता अघि सुरु भएको च्याट लुकाउने सुविधा कसरी प्रयोग गर्ने ? च्याट कसरी लुकाउने ?

–आफूलाई जुन च्याट लुकाउनु छ, त्यो च्याट खोलेर सेटिङ गियरमा क्लिक गर्ने ।

–तल्लो भागमा ‘हाइड च्याट’ भन्ने अप्सन हुन्छ, त्यसमा क्लिक गरेर चार अक्षरको पिन राख्ने ।

टच आईडी सुविधा भएको आइफोन चलाउने प्रायेगकर्ताले पिनको ठाउँमा आफ्नो फिंगर प्रिन्टलाई पनि सेक्युरिटी कोडको रूपमा राख्न सक्छन् । यो बाहेक सोझैं भाइबरको च्याट स्क्रिनमा गएर जोसँगको च्याट हाइड गर्नुपर्ने हो, उसको च्याटमा केही सेकेन्ड क्लिक गरेपछि डिलिट च्याट र हाइड च्याट भन्ने अप्सन देखिन्छ । त्यसमा हाइड च्याट सेलेक्ट गरेपछि चार डिजिटको पिन राख्ने अप्सन देख्न सकिन्छ ।

लुकाइएको च्याट कसरी खोज्ने ?
पनि राखेर हाइड गरिएको च्याट खोज्नुपरेमा म्यासेज स्क्रिनको सर्चमा गएर आफूले राखेको पिन टाइप गर्नुपर्छ । पिन राखेर सर्च गर्दा जुन च्याट हाइड गरिएको हो त्यो च्याट देखिन्छ र त्यसलाई पढ्न सकिन्छ । हाइड गरिएको कन्भर्सेसन(च्याट) मा नयाँ म्यासेजर आए भाइबरको टप स्क्रिनमा न्यू म्यासेज भनेर मात्र देखिन्छ ।

एक पटक हाइड गरिएको च्याट अनहाइड गर्न पनि मिल्छ । यसको लागि म्यासेज स्क्रिनमा पिन टाइप गरी हाइड गरिएको च्याट खोलेर सेटिङ गिएरमा क्लिक गरी तल पट्टी रहेको अनहाइड च्याट अप्सनमा क्लिक गर्न सकिन्छ । आफूलाई अति गोप्य राख्न मन लागेको च्याट लुकाउन यो फिचर उपयोगी छ । नेपालमा भाइबरको ४५ लाख प्रयोगकर्ता रहेको तथ्यांक कम्पनीले सार्वजनिक गरेको छ ।