१२ बैशाख २०८१, बुधबार

‘नेशनल टेक्नोलोजिकल फेस्टिभल-लोकस २०१६’ : यही असार १७, १८ र १९ गते


locus-2016

१४ असार, २०७३:- काठमाडौं, ‘नविनताको शसक्तीकरण’ भन्ने नाराका साथ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था लोकसले काठमाडौंमा ३ दिने ‘नेशनल टेक्नोलोजिकल फेस्टिभल-लोकस २०१६’ आयोजना गर्ने भएको छ। सन् २००३ देखि लगातार हुँदै आएको प्रतियोगिता यही असार १७, १८ र १९ गते पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान परिसरमा आयोजना हुनेछ ।

३ दिने प्रविधि प्रदर्शनीमा देशभरका विभिन्न इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले आफूले आविश्कार तथा विकास गरेका नयाँ प्रविधिहरुको डेमोस्ट्रेशन गर्नेछन् जसमा गेम्स एण्ड इन्टरटेन्मेन्ट, इण्डस्टि्रयल एण्ड अटोमेसन, इनर्जी एउण्ड सोसाइटी तथा खुला बिधामा विद्यार्थीहरुले आफूले विकास गरेका प्रविधिको प्रदर्शन गर्नेछन् ।
झण्डै सय वटा स्टल रहने प्रदर्शनीमा ७० भन्दा बढीमा प्रविधिहरुको प्रयोग गरेर देखाइने कार्यक्रम संयोजक बिमल पनेरुले बताए । विभिन्न विशेष्तायुक्त रोबर्टहरु कार्यक्रमको प्रमुख आकर्षणका रुपमा रहने छन्।
उनले थपे, विद्यार्थीमा रहेको क्षमता उजागर गर्ने र प्रदर्शनका लागि उचित मञ्च दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

झण्डै ३० हजारले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य राखिएको कार्यक्रमकी प्रेश संयोजक रसना मानन्धरले जानकारी दिइन, कार्यक्रममा प्रदर्शन गरिने प्रविधिमध्ये उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्ने कार्यक्रम पनि छ । यस्तै फेस्टिभलमा विभिन्न स्तरका क्वीज प्रतियोगिता पनि आयोजना हुनेछ। विभिन्न विज्ञहरुको उपस्थितिमा कार्यशाला गोष्ठीहरु पनि आयोजना गरिने मानन्धरले बताइन् ।

प्रदर्शनीमा सहभागी हुनेले अब कस्ता नयाँ प्रविधिहरु आउँदैछन, पुराना प्रविधिहरुलाई थप समृद्ध कसरी बनाउन सकिन्छ भन्ने लगायतका जिज्ञासा समाधान हुने विश्वास गरिएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !