४ बैशाख २०८१, मंगलबार

रूसमा अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलको सबै व्यापार बन्द


इन्टेल

वासिङ्टन, अमेरिका । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादकमध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ ।

“तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं,” कम्पनीले भनेको छ । “हामी रुसमा रहेका हाम्रा १,२०० कर्मचारीहरू सहित हाम्रा सबै कर्मचारीहरूलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं । हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं,” यसले भन्यो ।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले युक्रेनी सेनाको तीब्र आक्रमणबाट सुरक्षाका लागि गरेको आह्वानको जवाफमा युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको थियो ।

रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य पूर्वाधारलाई लक्षित गर्ने विशेष अपरेसनको उद्देश्य युक्रेनलाई “असैनिकीकरण’ गर्ने बताएको छ । मस्कोले युक्रेन कब्जा गर्ने कुनै योजना नरहेको बताएको छ । यद्यपि पश्चिमा राष्ट्रहरुले रुसमाथि थुप्रै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !