१३ बैशाख २०८१, बिहिबार

त्याङगङ–१, स्पेश स्टेशन प्रशान्त महासागरमा खस्यो


एजेन्सी, २० चैत । चीनले अन्तरिक्षमा पठाएको त्याङगङ–१ स्पेश स्टेशन दक्षिण प्रशान्त महासागरभन्दा माथि निश्क्रिय भएको छ ।

दक्षिण महासागरभन्दा माथि वायुमण्डलमा आइपुगेर स्पेश स्टेशन जलेर नष्ट भएको वैज्ञानिकले बताएका छन् । त्याङगङ–१, नामको त्यस स्पेश स्टेशन सोमबार राति १२ः१५ बजे दक्षिण प्रशान्त महासागरमाथि खसेको वैज्ञानिकले बताएका छन् ।

सन् २०११ मा अन्तरिक्षमा पुगेको त्यस स्टेशनले सन् २०१६ सम्म काम गरेको थियो । त्यो स्पेश स्टेशन कक्षको अनुसन्धान गर्न चीनले अन्तरिक्षमा पठाएको थियो । चीन, यूरोप र अमेरिकाले निगरानी गरिरहेको त्यो स्पेश स्टेशन पृथ्वीसम्म आइपुग्न सक्ने आशंका गरिएको थियो । अमेरिकाका वैज्ञानिकहरुले अक्षांश विश्लेषण प्रविधिको सहायताबाट त्यस स्पेश स्टेशन दक्षिण प्रशान्त महासागरमाथि निश्क्रिय भएको थाहा पाएको बताएका छन् ।

खगोल वैज्ञानिक जोनाथन म्याकडूवेलले ट्वीट गर्दै त्यो स्पेश स्टेशन दक्षिण प्रशान्तको टाहिटीमा खस्ने बताएका थिए । वैज्ञानिकहरुले स्पेश स्टेशनको टुक्रा पृथ्वीमा आएर मानविय क्षति हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर, त्यो स्पेश स्टेशन दक्षिण प्रशान्त महासागर माथिको वायुमण्डलमा नै निश्क्रिय भएको छ ।

३२ फिट लामो त्याङगङ–१ स्पेश स्टेशन कक्षभन्दा बाहिर गएर कमाण्ड लिङ्कबाट टाढिएको थियो । सामान्यतया स्पेश स्टेशनले काम गर्न छाडेपछि त्यसलाई निश्क्रिय पार्न वैज्ञानिकहरुले अन्य यन्त्रको सहायता लिने गरेका थिए तर त्यो स्पेश स्टेशन कमाण्ड लिङ्कबाट बाहिरिएपछि त्यसलाई निश्क्रिय पार्न वैज्ञानिकहरु असफल भएका थिए ।

कमाण्ड लिङ्कबाट बाहिरिएपछि त्याङगङ–१ को निगरानीमा यूरोपियन स्पेश एजेन्सीको नेतृत्वमा १३ स्पेश स्टेशन एजेन्सीहरुले रडार र अप्टीकल अवलोकन विश्वभर पठाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !