१३ बैशाख २०८१, बिहिबार

के हो भर्चुअल रियालिटी (Virtual Reality) प्रविधि


vr

तपाईले पछिल्लो केहि बर्षयता VR यानी Virtual Reality को बारेमा सुन्नु भएको छ होला । तर तपाईलाई यसको बारेमा जानकारी नहुन सक्छ । भर्चुअल रिएलिटी एउटा यस्तो प्रविधि हो जुन Virtual दृश्य, भर्चुअल साउण्ड र अन्य धेरै भर्चुअल चीजहरू देखाउनका लागि काम आउँछ तर जब तपाई यसलाई प्रयोग गर्नुहुन्छ तपाईंलाई यस्तो फील हुन्छ कि यो वास्तविकता हो र साच्चै की तपाईंको अगाडी केहि हुँदैछ । यो प्रयोग गर्दा लाग्छ कि तपाई त्यहि बातावरणमा हनुहुन्छ । भर्चुअल रिएलिटी हेडसेट लगाएर यदि तपाईं कुनै ३६० डिग्री भिडियो हेर्नु भयो भने तपाईं तल-माथि अगाडी पछाडी घुमेर हेर्न सक्नु हुन्छ । उदहारणको लागि यदि तपाईं आफ्नो VR हेडसेटमा कुनै शहरको ३६०  डिग्री भिडियो हेर्दै हुनुहुन्छ भने तपाई आफ्नो वरिपरी घुमेर वरिपरीको दृश्य पनि हेर्न सक्नु हुन्छ जसले तपाईंलाई महसुश हुन्छ कि तपाई वास्तविकमा नै त्यही शहरको यात्रा गरिरहनु भएको छ। सैमसंगको गियर वा फेशबुकको वोकुलस हेडफोन यसको उदाहारण हुन् l

के तपाईको फोनले भर्चुअल रियालिटी सपोर्ट गर्दछ ?
सबै फोनले VR सपोर्ट गर्दैनन् VR सपोर्ट गर्नको लागि तपाईको फोनमा Gyroscope हुनु आवश्यक छ। gyroscope बिना तपाई VR प्रयोग त गर्न सक्नुहुन्छ तर तपाईलाई VR जस्तो अनुभव हुदैन। gyroscope हाम्रो फोनमा भएको एउटा यस्तो सेंसर हो जसले फोनहरूको पोजीशन पत्ता लगाउन मद्दत गर्दछ वा यो भन्न सक्नु हुन्छ कि तपाई आफ्नो फोन कसरी चलाउदै हुनुहुन्छ यो पत्ता लगाउन मद्दत गर्दछ। यसको सहायताले नै मोबाइलले यो थाहा पाउँछ कि भिडियोको कुन भाग तपाईंलाई देखाउने हो ।

Gyroscope के हो?
Gyroscope मोबाइलमा राखिएको एउटा सानो सेंसर हो जसको मदतले सॉफ्टवेयरले मोबाइल को position पता लगाउन सक्छ । यो एक्सिलेरोमीटर जस्तै हुन्छ तर gyroscope Accelerometer को अत्याधुनिक version भन्दा हुन्छ एक्स्सलेरोमीटरले हामी फोनको कुन भाग तल फर्केको छ थाहा पाउन सक्छौं तर gyroscope द्वारा हामी यो पनि थाहा पाउन सक्छौं कि फ़ोन कति डिग्री वा एंगलमा राखिएको छ जसको कारणले हामि आफ्नो VR हेडसेटमा ३६० डिग्री भिडियोको आनन्द लिन सक्छौं । यो चुम्बकीय ध्रुवको आधारमा काम गर्छ । gyroscope को सहायताले हामी आफ्नो फोनमा ३६० डिग्री भिडियो पनि खिच्न सक्छौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु