७ बैशाख २०८१, शुक्रबार

इन्टर्नेटका रोचक तथ्यहरु : विश्वमा ४०%ले इन्टर्नेट प्रयोग गर्छन्


Intresting-internet-facts

तपाइँहरुले यो पोस्ट पनि इन्टर्नेटको माध्यमबाट हेर्दै हुनुहुन्छ । माथिका तथ्यांकहरु यो लेख पोस्ट हुँदा सम्मका हुन् ।

  1. विश्वमा ४०% मानिसहरुले इन्टर्नेट प्रयोग गर्छन् ।
  2. विश्वमा १ अर्ब भन्दा बढी वेब साइटहरु छन् ।
  3. सन् १९९५ मा इन्टर्नेट प्रयोगकर्ता जम्मा १% थिए ।
  4. सन् १९९९ देखी २०१३ सम्म प्रयोगकर्ता १०% ले बढेका थिए ।
  5. इन्टर्नेट प्रयोगकर्ताको संख्या  १ अर्ब सन् २००५ मा पुगेको थियो ।
  6. सन् २०१० मा यो संख्या २ अर्ब पुगेको थियो ।
  7. तेस्रो अर्ब सन् २०१४ मा पुगेको थियो ।
  8. अहिले ३ अर्ब ३५ करोड भन्दा बढी इन्टर्नेट प्रयोगकर्ता छन् ।
  9. गुगलमा प्रति सेकेन्ड ४० हजार सर्च हुन्छन्। यही हिसाबले प्रति दिन ३,४५,६०,००,००० सर्च हुन्छन्।
  10. इन्टर्नेट प्रयोग गर्दा पनि कार्बन डाइअक्साइड ग्याँस उत्सर्जन हुन्छ। यसको अर्थ तपाइँले कुनै पनि फेसबूक स्टाटस अपडेट गर्दा, इन्टर्नेटमा जेसुकै ब्राउज गर्दा, इमेल चेक गर्दा विध्धुत खपत हुन्छ्, जसले कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ ।
  11. डाटा सेन्टरले पनि धेरै पावर खपत गर्छन् ।२०१० को तथ्यांक अनुसार लाखौं डाटा सेन्टरहरुले कुल विध्धुतको  १.१ देखी १.५% खपत गर्छन् ।
  12. प्रथम युट्युब भिडियो अप्रिल २३,२००५ मा अपलोड गरिएको थियो । “Me at the zoo” नामक यो भिडियो यो लेख पोस्ट हुँदा सम्म ३,०७,१५,७६९ पटक हेरिसकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !