६ बैशाख २०८१, बिहिबार

नेपाल प्रहरीको मोबाइल एप ‘Nepal Police’ पुर्ण रुपमा संचालन, अब मोबाइलबाटै उजुरी गर्न सकिने


नेपाल प्रहरी

काठमाडौँ, ११ साउन । नेपाल प्रहरीको मोवाईल एप “Nepal Police” औपचारीक रुपमा संचालनमा आएको छ । नेपाल प्रहरीको काम कारवाहीलाई समयानुकुल प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उद्देश्य अनुरुप Pilot Project को रुपमा आजदेखी महानगरीय प्रहरी परिसर ललितपुरबाट औपचारीक रुपमा संचालनमा आएको छ ।

मोवाईल एप ललितपुर जिल्लाका प्रहरी प्रमुख बरीष्ठ उपरीक्षक टेक प्रसाद राईले सुरुवात गरेका हुन् । उक्त एप २४/७ मनिटरिङ गर्ने जनशक्ति सहित संचालन गरिएको छ । उक्त “Nepal Police” Mobile App Android प्रयोगकर्ताहरूले Google Play Store र Iphone प्रयोगकर्ताहरूले App Store बाट Download गरी पहिलो पटकको लागी Register गरी प्रयोग गर्न सक्नुहुनेछ ।

उक्त Mobile App बाट Covid 19 सम्बन्धी उजुरी, घरेलु हिंसा, ज्यान सम्बन्धी, अपहरण, ठगी, यौनजन्य अपराध, लागू औषध, लुटपाट / डांका / चोरी, सवारी दुर्घटना, मानिस हराएको, हातहतियार / बिष्फोटक पदार्थ, बाढी, पहिरो तथा अन्य शिर्षकमा नेपाल प्रहरीलाई उजुरी गर्न सकिनेछ । उक्त Mobile App मा Panic Mode Enable गर्ने सुविधा समेत उपलब्ध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !