१२ बैशाख २०८१, बुधबार

राज्यमन्त्री विष्टद्वारा एसआइसिटी नेपालको प्रशंसा


एसआइसिटी नेपाल

१ मंसीर, काठमाडौं ।  विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी बिद्यार्थीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका  लागि  आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) को प्रतिनिधिमण्डलसँग कुरा गर्दै राज्यमन्त्री विष्टले आइसिटी क्षेत्रको समुचित विकासका लागि स्वदेशमै आइटीका अवसरहरु बढाउनुपर्ने  बताए ।

हालै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिमा आइटी अफिसर माग गर्दा त्रि.वी. इन्जिनियिरङ अध्ययन संस्थानमा बि.ई. कम्प्युटर पढेकाले मात्रै आवेदन गर्न पाउने व्यवस्था ल्याइएपछि एसआइसिटी नेपालको दबाब र विज्ञान राज्यमन्त्री विष्टको तत्परताले पुनः नयाँ सूचना जारी भई मान्यता प्राप्त विश्वविद्यालयका हरेक आइसिटी प्रोगाम पढेका विद्यार्थीले सो पदमा आवेदन गर्न पाउने व्यवस्था आएको छ ।

हालै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिमा आइटी अफिसर माग गर्दा त्रि. वि. इन्जिनियिरङ अध्ययन संस्थालाई एकाधिकार दिने व्यवस्था भएपछि एसआइसिटी नेपालले सोका विरुद्ध सूचना प्रविधिकै प्रयोग गर्दै इकवल अपुरटुनिटी फर आईटी स्तुडेन्टस  अभियानद्वारा सृजनात्मक दवाब र विरोध गर्दै नेतृत्वदाएक भूमिका निर्वाह गरेको थियो । सो कदमको स्वागत र समर्थन गर्दै देशै भरिका आइटी  बिद्यार्थी, अध्यापक, दक्ष वेक्तित्व, संघसंस्थाहरुले समेत एसआइसिटी नेपालको हरेक गतिविधिमा सक्रिय रुपमा संलग्न भएर सृजनात्मक विरोध गरेका थिए जसमा इन्जिनियिरहरु पनि संलग्न रहेका थिए । एसआइसिटी नेपालको इकवलअपुरटुनिटी फर आईटी स्तुडेन्टस अभियानमा संलग्न हुदै काठमाडौँ, ललितपुर,  भक्तपुर लगायत काभ्रेपलान्चोक, कास्की , चितवन, मकवानपुर, बुटवल, गुल्मी, अर्घाखांची,धादिंग, बिराटनगर, नेपालगंज जस्ता ठाउँहरुबाट चर्को विरोध भएपछि राज्यको गम्भीर धन्याकार्षण  भएको थियो ।

यस अभियानमा एसआइसिटी नेपालले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयमा चरणवध रुपमा छलफल सहित ज्ञापनपत्र  बुझाएको थियो । साथै विभिन्न आइटी कलेजबाट दवाब जारी राख्दै, सूचना प्रविधिकै उच्चतम प्रयोग गरी अभियान सफल गरेको हो । संस्थाका महासचिव सुभाष खड्काका अनुसार संस्थाको आइटी अनुसन्धान विभागका  अध्यक्ष जयराम गौतमले मुलुक भरिका आइटी बिद्यार्थी आक्रोशको  जानकारी राख्दै संयमित र मर्या्दित ढंगबाट अघि बढ्न आह्वान समेत गरेका थिए । जसका  लागि एसआइसिटी नेपाल काभ्रेले आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्दै खड्काले काभ्रेको बनेपामा  गएर अभियानका  क्रममा संयमित र मर्या्दित  हुन  पनि  आग्रह गरे ।

सो क्रममा  हरि पोखरेल, झनक थापा, वालकृष्ण अधिकारी, बिशाल महत, सुबास खनाल, प्रमोद अर्याल, शिव बस्नेत, शरदा पोखरेलले कार्यक्रमको रणनीति तयार पारेका थिए भने नेपाली आईटी विज्ञहरु अस्ट्रेलियादेखि दामोदर पौडेल,  न्युजील्याण्डदेखि दिल्ली शर्मा,  अमेरिकादेखि प्रिती समेतले दवाव  दिएका थिए ।  संस्थाको निरन्तर दबाब र विज्ञान प्रविधि राज्यमन्त्री विष्टको तत्परताले पुनः नयाँ सूचना जारी भई मान्यता प्राप्त विश्वविद्यालयका हरेक आइसिटी प्रोगाम पढेका विद्यार्थीले सो पदमा आवेदन गर्न पाउने व्यवस्था आएको छ ।

आइटी जनशक्तिको पक्षमा प्राप्त यो उपलब्धीको सन्दर्भमा एसआइसिटी नेपालको प्रतिनिधिमण्डले  राज्यमन्त्री विष्टलाई धन्यवाद दिन मन्त्रालय पुगेको थियो । सो अवसरमा एसआइसिटी नेपालले स्थापनाकालदेखि खेल्दै आएको भूमिका प्रशंसनीय रहेको भन्दै मन्त्री विष्टले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमै उपयोगी हुने प्रविधिको आविष्कार गर्न र त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !