१२ बैशाख २०८१, बुधबार

प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने


इन्टरनेट किन आवश्यक छ ?

असार ८, काठमाडौं । सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता आफैँले हेर्न मिल्ने व्यवस्था गर्न प्राधिकरणको निर्देशन छ ।

यस्तो व्यवस्थापछि प्रयोगकर्ता आफैँले आफूले जडान गरेको इन्टरनेटको गुणस्तर र प्रयोग भइरहेका डिभाइस सङ्ख्याका बारेमा जानकारी लिन सक्ने प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए ।

‘राउटर अथवा धेरै डिभाइसमा कनेक्ट भएका कारणले इन्टरनेट स्पिड कम हुँदा पनि गुनासो आइरहेको छ, उनले भने, यस्तो व्यवस्थापछि प्रयोगकर्ताले वास्तविकता थाहा पाउने र बुझेर मात्र गुनासो आउने अपेक्षा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !