७ बैशाख २०८१, शुक्रबार

सबैभन्दा उच्चगतिको इन्टरनेट भएका देशहरु


Fast-Internet-Connection

विश्वमा इन्टरनेट सेवाको औषत स्पीडमा वृद्धि भएको छ । अकामाइ टेक्नोलोजिजले सार्वजनिक गरेको विश्वको इन्टरनेट सेवाको गतिबारेको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेटको औषति गति बढेर ५.६ मेगाबाइट प्रतिसेकेण्ड पुगेको छ ।

सन् २०१५ को अन्तिम त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै अकामाइले यो अवधिमा विश्वको इन्टरनेटको गति सन् २०१४ को तुलनामा २३ प्रतिशतले बढेको जनाएको छ ।

विश्व परिदृश्यमा इन्टरनेटको औषत स्पीडमा हरेक त्रैमासिकगत हिसाबले ८.६ प्रतिशत र वर्षगत हिसाबले २३ प्रतिशतले वृद्धि भएर ५.६ एमबीपिएस पुगेको छ । विश्वमा सबैभन्दा उच्च गतिको इन्टरनेटमा त्रैमासिकगत हिसाबले १ प्रतिशत र वार्षिक वृद्धिका हिसाबले २१ प्रतिशतले वृद्धि भएर ३२.५ मेगाबाइट प्रतिसेकेण्ड पुगेको छ अकामाइको रिपोर्टमा भनिएको छ ।

विश्वमा औषत इन्टरनेट स्पीडका हिसाबले पहिलो स्थानमा दक्षिण कोरिया कायमै छ । दक्षिण कोरियामा इन्टरनेटको एभरेज कनेक्सन स्पीड २६.७ एमबीपीएस रहेका छ ।

इन्टरनेट स्पीडमा सबैभन्दा उच्च दरमा सुधार गर्ने देशमा पनि दक्षिण कोरिया पहिलो नम्बरमा रहेको छ। १९.१ एमबीपीएस सहित स्विडेन दोश्रो स्थानमा छ । त्यस्तै नर्वे तेश्रो, जापान चौथो, नेदरल्याण्ड पाचौँ, हंगकंग छैटौँ, लाटि्भया सातौँ, स्विजरल्याण्ड आठौँ, फिनल्याण्ड नबौँ र डेनमार्क दशौँ स्थानमा रहेको छ ।

त्यस्तै पिक कनेक्सन अर्थात् सबैभन्दा उच्च गतिको कनेक्सन स्पीडका हिसाबले सिंगापुर पहिलो नम्बरमा छ । उसको एभरेज पिक कनेक्सन स्पीड १३५.७ एमबीपीएस रहेको छ । दोश्रो स्थानमा हंगकंग छ । दक्षिण कोरिया तेश्रो, मकाओ चौथो, जापान पाचौँ, इण्डोनेसिया छैटौँ, मंगोलिया सातौँ, ताइवान आठौँ, कतार नबौँ र रोमानिया दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै सबैभन्दा औषत रुपमा सबैभन्दा तिव्रगतिको मोबाइल इन्टरनेट कनेक्सनको हिसाबले बेलायत पहिलो स्थानमा छ । जसको एभरेज मोबाइल कनेक्सन २६.८ एमबीपीएस रहेको छ । १४ एमबीपीएस सहित स्पेन दोश्रो स्थानमा रहेको छ ।

सबैभन्दा धिमा गतिको मोबाइल इन्टरनेट इरानमा रहेको छ । दोश्रोमा भियतनाममा रहेको छ । इन्टरनेट स्पीडका हिसाबले भारत ११४ औँ स्थानमा रहेका छन् ।

रिपोर्ट अनुसार नेपालको एभरेज कनेक्सन स्पीड ३.२ एमबीपीएस तथा पिक कनेक्सन स्पीड १२.१ एमबीपीएस रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !