१३ बैशाख २०८१, बिहिबार

राससको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार धर्मेन्द्र झा नियुक्त


धर्मेन्द्र झा

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले उहाँलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका हुन् ।

पत्रकार झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगाल्नुका साथै उनी नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचनाको हकको राष्ट्रिय अभियन्तासमेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !