७ बैशाख २०८१, शुक्रबार

मध्यविन्दु नगरपालिकामा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध


टेलिफोन सेवा

नवलपुर । आज १९ गते शनिबार मध्यविन्दु नगरपालिकामा नेपाल टेलिफोन आपूर्ति नहुँदा नवलुर जिल्लाको मध्यविन्दु नगरपालिकामा तीन दिनदेखि टेलिफोन सेवा राम्रोसंग सुचारु भएको छैन । यस क्षेत्रमा पटक-पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ । हामीले पहिले पनि यस विषयमा कुरा उठाउने गरेता पनि यता त्यति ध्यान दिन नसकेको देखिन्छ ।

यसपटक तीन दिन भइसक्दा पनि यस तर्फ नेपाल टेलिकमले ध्यान दिन सकिरहेका छैनन् । समस्या समाधानका लागि यहाँका स्थानीय तह र टेलिकमले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

यस क्षेत्रमा एनसेल भने नियमित सुचारु भएको र हरेकले एनसेल भन्दा बढी नेपाल टेलिकमको सिम चलाउनेहरू मर्कामा परेको देखिएको छ । टेलिकमका सेवा अवरुद्ध भएपछि पटक-पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासी र व्यापारिलाई निकै सास्ती भएको छ ।

यस तर्फ नेपाल टेलिकमको ध्यानाकर्षण गराउन चाहन्छौं । यस नेपाल टेलिकमका कर्मचारी एम थापाका अनुसार केही दिनदेखि हाइवे मर्मत कार्यले गर्दा सेवा सुचारु हुन नसकेको बताए । सोधेको प्रश्नमा भोलिसम्म बन्ने आवासन हामीलाई दिनु भएको छ । पटक-पटक बाटोले यो सेवा अबरुद्ध हुने गरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !