८ बैशाख २०८१, शनिबार

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै


विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ । आज सोमबार विश्व प्रेस स्वतन्त्रता दिवस परेको छ । प्रत्येक वर्ष मे ३ तारिखका दिन प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैकाे सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्ने गरिन्छ ।

यस अवसरमा स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई सम्झना र सम्मान गर्ने गरिन्छ ।

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिँदा प्रजातन्त्र अनि सूचनाको अधिकारमै धक्का पुग्ने गरेको छ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ, पत्रकारहरु उपर बन्देज लगाउने , बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गर्ने गरिन्छ ।

आजको दिनले सामान्य जनतादेखि संसारभरका सबैलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व बुझाउने सर्वव्यापी चेष्टा गर्दछ । यस वर्ष आजको दिन एसियाली देश इन्डोनेशियाको राजधानी जकार्तामा संसारभरिका मिडिया प्रतिनिधिहरु भेला भएर यूनेस्को गुइलेरमो क्यानो विश्व प्रेस स्वतन्त्रता उपाधी प्रदान गरिँदै छ । आज संसार भरिका अधिकाशं राष्ट्रका प्रेस काउन्सिलहरुले विज्ञप्ति जारी गर्ने चलन पनि छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !