७ बैशाख २०८१, शुक्रबार

पत्रकारिताको अर्थ यस्तो रहेछ


पत्रकारिता

“जर्नलिज़्म” (Journalism) शव्द जर्नलद्वारा निर्मित शब्द अन्तर्गत पर्दछ । दैनिक समाचार सम्प्रेषण गरिनु या हुनुलाई जर्नलिज्म भन्दछन् । पत्रकारिता लोकतन्त्रको अविभाज्य अंग हो । परिवर्तनशील जीवनको दर्शन पत्रकारिताबाटै सम्भव छ ।

परिस्थितिको अध्ययन, चिन्तन-मनन र आत्माभिव्यक्ति र अरूको कल्याण लोक मंगलको भावनाद्वारा पत्रकारिताको जन्म भएको छ । सामाजिक जीवनको ज्ञान हुने व्यवसाय भनेकै पत्रकारिता हो ।

पत्रकारिता गर्ने व्यक्ति स्वतन्त्र विचारको हुनुपर्छ । कुनैपनि राजनीतिमा नलागेको स्वतन्त्र व्यक्तिले नै सहि पत्रकारिताको भुमिका निर्वाह गर्न सक्ने खालको व्यक्ति नै पत्रकार हुन सक्छ । म हेल्थ जर्नलमा लामो समयदेखि काम गरेकाले नेपालको पत्रकारिता स्वतन्त्र नभए जस्तो अनुभव गरे तर यो गलत भए जस्तो लाग्यो ।

पत्रकारिता त्यस्तो धर्म हो जसको सम्बन्ध तत्कालिन घटना र समस्याको अधिक सहि र निस्पक्ष विवरण पाठक सामु प्रस्तुत गर्न सकोस् । लोकतन्त्रको मजबुत स्तम्भ भनेकै पत्रकारिता हो भन्दा खासै फरक छैन । पत्रकारिता एउटा महत्वपूर्ण कडी हो जनता र सरकारको वीचको सुचना आदान-प्रदान गर्ने माध्यम ।

समाजमा मेडियाको महत्वपूर्ण भूमिका छ । झुठो समाचार सम्प्रेषण गर्दा सिङ्गो पत्रकारको छविमा असर पर्न सक्छ । जनता र सरकार बिचको सामन्जस्य बनाउन ठुलो मद्दत गरेको हुन्छ । तर अहिले जनता र सरकारको भरोसा पत्रकारमाथि हराउदै गएको देखिन थालेको छ।

आजकाल फेसबुक, ट्विटर र युटुबमा गलत समाचार दिएर भाइरल बन्ने होडमा सिङ्गो पत्रकार जगतमा प्रश्न चिन्ह खडा भएको देखिन्छ । आजकाल सोसल साइट्स, इलेक्ट्रॉनिक मिडिया र इन्टरनेटको जमानाका कारण प्रिन्ट मिडिया कमजोर हुदै गएको देखिन थालेको छ ।

यदि समयमा यसतर्फ ध्यान दिन सकिएन भने यसले पत्रकारमाथि ठूलो समस्या आइलाग्न सक्ने देखिन्छ । हामीले लोकतन्त्रको मर्मलाई बुझेर अघि बढ्न आवस्यक छ । आज देशमा भ्रष्टाचार मौलाउनुको मुल जरोकिलो पत्रकार हो भन्दा खासै फरक छैन । पत्रकार निस्पक्ष रूपमा शशक्त भएर अघि बढ्न सक्नु नै ठूलो उपलब्धि हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !