८ बैशाख २०८१, शनिबार

पत्रकारलाई सरकारले सुरक्षा र पारिश्रमिक दिनुपर्छ


पत्रकार

देशको विकासमा पत्रकारको भुमिका ठूलो भएको हुन्छ । यदि पत्रकार नभई दिएको भए देशमा अझ भ्रष्टाचार हुने थियो यसमा दुईमत छैन । पत्रकार त्यो हो जसले कुनै पनि पार्टीसंग आवद्ध नभएर देश तथा जनताको सेवामा जुट्न सकोस् डर र त्रासमा होइन ।

आज पत्रकारलाई राजनीति मोहरा बनाइएको छ । गल्ती गर्नेले पत्रकारलाई धम्काएको हुन्छ । पत्रकार डर र तरासमा हमेसा गुज्री रहेको हुन्छ । निस्पक्ष ढंगले काम गर्न दिइएको हुदैन । पत्रकार बन्न धेरै गार्हो छ ।

आज कतिपय पत्रकारहरू स्वार्थमा डुब्दै गर्दा सहि सुचना जनता सामु पुग्न सकि रहेको छैन । भ्रष्टाचार रोक्नको लागि पत्रकार सक्रिय भईदिए भ्रष्टाचार देशबाट समाप्त पार्न सकिने देखिन्छ । देशको विकासमा पत्रकारको ठूलो भूमिका रहेको हुन्छ ।

पत्रकारले चाहेमा भ्रष्टाचार मात्र होइन धेरै गलत काम हुनबाट रोक्न सक्छन् । गलत हुदै छ भन्ने कुरा हुँदै-हुँदै पनि पत्रकारले कलम चलाउन सकि रहेको छैन यो यथार्थ हो । सरकारले पत्रकारलाई लेख्न प्रोत्साहन दिने काम गर्न सकेमा यसले देशमा ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना छ ।

पत्रकारले राजनीति गर्ने होइन काहाँ के गलत हुदैछ भन्ने कुरा समयमा प्रदाफास र सुसूचित गर्नु राम्रो हो । पत्रकारले हमेसा अरूको लागि गरेको हुन्छ । तर पनि उसलाई हेर्ने तरिकाना सुधार हुन आवश्यक छ । चाहे घटना होस् या कुनै अपराधिक क्रियाकलाप किन नहोस् कलम चलाउन छोड्नु हुदैन । सुसूचित गराउने काम पत्रकारको हो ।

पत्रकार सरकारको सिपाही सरह हो जसले गलत नहोस् भन्ने काममा हमेसा दु:ख-सुखको प्रवाह नगरी काम गरेको हुन्छ । यस्ता पत्रकारलाई सम्मानित गर्ने र प्रोत्साहन दिने दायित्व सरकारको हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !